कांग्रेस पदाधिकारी बैठकमा १६ बुँदे असहमतिबारे छलफल

फाईल फोटो

नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीभित्रको असहमतिका विषयमा छलफल अघि बढाइएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६ बुँदे असहमतिका विषयमा छलफल गरिएको हो । नेताहरुले भनाइ राख्ने क्रम जारी रहेको र केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास भैरहेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिनुभयो ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता-कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधि लगायतमा विषयमा भोलि पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ । –रासस


ताजा खबर