माहाधिवेशन तयारी केन्द्रित नेपाली काँग्रेसको बैठक शनिवबार पनि बस्ने

आन्तरिक विवाद मिलाउन बसेको नेपाली काँग्रेसका पदाधिकारीहरूको बैठक शनिबार पनि बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले विभिन्न विषयमा धारणा राख्ने क्रम शुक्रबार पनि जारी रह्यो, अझै केही वक्ताले धारणा राखेर निष्कर्षमा पुग्नका लागि शनिबार पुनः बैठक बस्ने जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, एनपी साउदलगायतले १४ औं महाधिवेशन फागुन गर्न समस्या रहे पनि धेरै टाढा सार्न नमिल्ने धारणा राख्नुभएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, नेताहरूले एकदेखि डेढ घण्टासम्म समय लिएर विचार राखेकाले बैठक लम्बिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयलाई टुङ्गोमा पु¥याएर कात्तिक २४ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने तयारी रहेको छ । –रासस


ताजा खबर