उपत्यकाका २०० सहित ८५५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् ।

११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मंगलबार ३ सय १३ जना डिस्चार्ज भएका छन् ।

आइतबार उपत्यकामा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा तीनसहित सिरहा, पर्सा,धनुषा र रुपन्देहीका गरी ९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।


ताजा खबर