‘काठमाडौंमा दैनिक उपभोग्य र अत्यावश्यक सामग्री बिहान सात बजेदेखी सवा नौ बजेसम्म खुल्ने’

काठमाडौंमा स्थानीय तहहरूले मनपरी ढंगले दैनिक उपभोग्य सामग्री पाइने पसलहरू बन्द गराउन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय तोकेको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि स्थानीय तहहरूले आफै निर्णय गरेर पसलहरू खोल्ने छोटो समय तोकिरहेका छन्।

यसरी छोटो समय मात्रै पसलहरू खोल्दा भिडभाड बढाउने काम भएको र यसलाई व्यवस्थीत गर्न समय तोक्नु परेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलले हिमालखबरसँग बताए।

“हामीले पहिले निषेधाज्ञा मात्रै जारी गरेका थियौं, स्थानीय तहहरूले आफै समय तोकेर ७ बजे नै दैनिक उपभोग्य र अत्यावश्यक सामान पाउने पसलहरू बन्द गराउन थालेपछि अव्यवस्थीत भिड बढेर संक्रमण फैलने खतरा बढ्यो,” पौडेलले भने, “त्यही भएर आज समय तोकेर सबैलाई स्पष्ट पारेका छौं। यस्ता पसलहरू बिहान सवा ९ बजेसम्म खोल्न पाइन्छ।”

उनले छोटो समय मात्रै पसल खोल्दा मानिसहरू आवश्यक सामान किन्ने अवसर नपाउने र त्यसका कारण भिडभाडमा कोरोनाको संक्रमण झनै फैलने डर भएको बताए।

सरकारले काठमाडौं उपत्यकामा ३ भदौदेखि १० भदौसम्म निषेधाज्ञा जारी गरेको छ।

No photo description available.


ताजा खबर