‘सरकार र सम्बन्धित व्यक्तिबाहेक अरुलाई विवरण उपलब्ध नगराउने निर्वाचन आयोगको स्पष्टोक्ति’

निर्वाचन आयोगले नेपाल सरकार र सम्बन्धित व्यक्तिबाहेक अन्यलाई मतदाताको व्यक्तिगत विवरणको अभिलेख उपलब्ध गराउन नसक्ने स्पष्ट गरेको छ ।

प्रहरी र प्रशासन लगायत निकायबाटै समेत विभिन्न घटनाको अनुसन्धान गर्ने क्रममा मतदाताको व्यक्तिगत विवरणको अभिलेख माग भई आउन थालेपछि आयोगले निर्वाचन प्रयोजनका लागि सङ्कलन गरिएको विवरण अन्य प्रयोजनका लागि उपलब्ध गराउन नमिल्ने जनाएको हो ।

आयोगमा निर्वाचन प्रयोजनका लागि सङ्कलित एक करोड ५४ लाख २७ हजार ९३८ मतदाताको व्यक्तिगत विवरणको अभिलेख छ ।

कतिपय व्यक्ति तथा निकायबाट मतदाताको विवरण माग गर्ने गरेका सन्दर्भमा आयोगले ऐनमा व्यवस्था भएबाहेक अन्य निकायलाई विवरण उपलब्ध नगराउने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । -रासस 


ताजा खबर