त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा तेस्रो सफलता : २७ वर्षे छोरीको कलेजो ५२ वर्षे बाबुमा प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण भएको छ । शुक्रबार डा. रमेशसिंह भण्डारी नेतृत्वको प्रत्यारोपण टोलीले २७ वर्षे छोरीले दिएको कलेजो ५२ वर्षे बाबुमा प्रत्यारोपण गरेको हो ।

पहिलो प्रत्यारोपणमा पनि ३३ वर्षे छोरीले ५८ वर्षे बाबुलाई कलेजो दिएकी थिइन् । तेस्रो सफलतासँगै अस्पताल प्रतिको नेपाली बिरामी र संलग्न टोलीको आत्मविश्वास थप उचो हुने विश्वास डा. भण्डारीको छ । यो सफलतासँगै नेपालमा कलेजो प्रत्यारोपणले स्थायित्व पाउने विश्वास डा. भण्डारीले व्यक्त गरे । जति धेरै केसहरु गर्दै गयो, उति हाम्रो हौसला बढ्दो छ, उनले थपे, वर्षोदेखिको यो सपना अब स्थायी रुपमा साकार हुने बाटोमा छ ।

डा. भण्डारीले नेपाली टोलीमा राम्रो सेन्टरमा तालिम लिएका कुसल चिकित्सक भएपछि सम्पूर्णको टोलीको मनवोल उचो गर्न र बिरामीमा पनि विश्वास जगाउँन अझै थप केही प्रत्यारोपणमा अन्तराष्ट्रिय विज्ञको सहयोग लिइने बताए ।

तीन वर्ष लामो प्रयात्नपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेठ १७ गते कलेजोको सफल प्रत्यारोपण भएको थियो । अस्पतालका प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको टोलीले शुक्रबार १६ घण्टा लामो शल्यक्रियापछि उक्त सफलता प्राप्त गरेको थियो । तेस्रो प्रत्यारोपणसम्म आइपुग्दा अस्पतालको टोलीले प्रत्यारोपणमा चर्चित सेन्टरका चिकित्सकहरुको प्रत्यक्ष अनुगमन र सहायता लिइरहेको छ । तेस्रो प्रत्यारोपणका लागि नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञले सघाएका थिए ।

डा. भण्डारीले नेपाली टोलीमा राम्रो सेन्टरमा तालिम लिएका कुसल चिकित्सक भएपछि सम्पूर्णको टोलीको मनवोल उचो गर्न र बिरामीमा पनि विश्वास जगाउँन अझै थप केही प्रत्यारोपणमा अन्तराष्ट्रिय विज्ञको सहयोग लिइने बताए । प्रत्यारोण सफल भएपछि भण्डारीले नेपालको प्रत्यारोपण दीगो हुने बाटोमा रहेको बताए । यसअघि भक्तपुरमा नेपालमै पहिलो प्रत्यारोपण भएपनि संस्थागत हुन नसक्दा निरन्तरता पाउँन सकेको थिएन ।
अहिले शिक्षण अस्पतालले सम्पूर्ण टोली अस्पतालभित्रै तयार पारिसकेको छ ।

 


ताजा खबर