उपत्यकामा २०० सहित ७०७ कोरोना संक्रमित थपिए

काठमाडौँमा एक सय ७४ जना, भक्तपुरमा आठ जना र ललितपुरमा १८ जना सङ्क्रमित थपिएका छन् भने आज थप छ जनाको मृत्यु भएपछि हालसम्म कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या एक सय २६ पुगेको छ ।

आज थप सात सय सात जनामा कोरोना संङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कुल कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार छ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज ११ हजार आठ सय ३२ वटा नमुना परीक्षण गर्दा काठमाडौँ उपत्यकामा दुई सय जनासहित थप सात सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा.डा.गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा एक सय ७४ जना, भक्तपुरमा आठ जना र ललितपुरमा १८ जना सङ्क्रमित थपिएका छन् ।

यसै गरी आज थप दुई सय ६४ जना संक्रमण मुक्त भएसँगै हालसम्म १७ हजार नौ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने आज थप छ जनाको मृत्यु भएपछि हालसम्म कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या एक सय २६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँ, मकवानपुर र सप्तरीमा एक/एक जना र पर्सामा तीन जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भएको छ ।

यसै गरी आज एक सय २९ जनाको आइसियु र सात जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर