आज १ हजार १६ जना थपिए : कुल संक्रमित २८०१६

आज हालसम्मकै सर्वाधिक कोरोना भाइरसका एकहजार १६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । उहाँका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६  रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ५८० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

आइसीयूमा रहेर उपचार भइरहेका संक्रमित प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एकसय १४ पुगेको छ ।


ताजा खबर