लिभर सिरोसिस के हो ?

डा.ए के कश्यप

डा.ए.के.कश्यप

बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ तथा अध्यक्ष, ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपाल

Illustration showing a comparison between a healthy liver and one with cirrhosis.

संसारको सबैभन्दा जटिल यन्त्र मानव शरीर हो । विभिन्न अंगले बनेको मानव शरीरको कार्यप्रणाली बुझ्न अझै सयौं वर्ष लाग्नसक्छ । मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन् । यी अंगहरू एकआपसमा परस्पर सम्बन्ध राख्ने गर्छन् । मुटु र मस्तिष्कजत्तिकै महत्वपूर्ण अंग हो कलेजो । कलेजोले पित्त बनाउने काम गर्छ र यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो ।

संसारको सबैभन्दा जटिल यन्त्र मानव शरीर हो । विभिन्न अंगले बनेको मानव शरीरको कार्यप्रणाली बुझ्न अझै सयौं वर्ष लाग्नसक्छ ।

मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन् । यी अंगहरू एकआपसमा परस्पर सम्बन्ध राख्ने गर्छन् । मुटु र मस्तिष्कजत्तिकै महत्वपूर्ण अंग हो कलेजो । कलेजोले पित्त बनाउने काम गर्छ र यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो ।

कलेजोले विष हरण गर्ने काम गर्छ । यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ । रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ, जसले गर्दा रगत बग्न केही समयमा रोकिन्छ ।

कलेजोको अधिकांश भाग माथिल्लो पेटको दायाँ भागमा पर्छ । रक्सी र भाइरल संक्रमण कलेजोका लागि घातक हुनसक्छ । लामो समय अधिक रक्सी सेवन ( १० वर्षभन्दा धेरै ) तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको आकार घट्दै जान्छ र यसले स्थायी रूपमा दाग बसाल्ने गर्छ, जुन दागका कारण कलेजोले काम गर्न सक्दैन । यो रोगलाई अंग्रेजी र मेडिकल भाषामा लिभर सिरोसिस भनिन्छ ।

लिभर सिरोसिस भएको बिरामीमा पछि गएर मिर्गौला र फियोलाई पनि स्थायी रूपमा क्षति पुर्‍याउन सक्छ । लिभरको क्यान्सर पनि गराउनसक्छ । यो रोगको स्थितिअनुसार रगतको जाँच, लिभरको कार्यक्षमताको जाँच, इन्डोस्कोपी, पेटको अल्ट्रासाउन्ड/सिटी इस्क्यान/एमआरआई र लिभरको बायोस्पी गर्नु राम्रो हुन्छ ।
सिरोसिस भएको व्यक्तिले रक्सी, जाँड नछोडेमा यसले मृत्यु नित्याउन सक्छ ।

विभिन्न औषधिको प्रयोगले नभएमा बिरामीलाई पछि डायलेसिस र लिभर ट्रान्सप्लान्टको आवश्यकता पर्नसक्छ । अमेरिकामा मृत्यु हुने कारणमध्ये लिभर सिरोसिस १२औं स्थानमा पर्छ । नेपालमा पनि यो रोगको संख्या बढिरहेको देखिन्छ ।

लिभर सिरोसिसका कारण लिभर र कलेजो कडा हुँदै जान्छ । यसको कार्यक्षमता कम हुँदै जान्छ । पछि गएर कलेजो र पाचनप्रणाली नलीको बीचमा हुने रक्तनलीको प्रेसर धेरै हुने, फुट्ने र रगत बग्न नरोकिनेलगायत मानिसको मृत्युसम्म हुनसक्छ ।

लिभर सिरोसिसको भाइरल संक्रमणमध्ये हेपाटाइटिस सी महत्वपूर्ण कारक हो । हेपाटाइटिस बी र डीले पनि लिभर सिरोसिस गराउन सक्छ । अरू विभिन्न औषधि र स्व–असंक्राम्य/ओटोइम्युन रोगले पनि सिरोसिस गराउन सक्छ । कहिलेकाहीँ लिभरमा विभिन्न खनिज जम्मा भयो भने पनि सिरोसिस गराउन सक्छ, जस्तै- कपर, आइरन ।

सिरोसिसका लक्षण

खाना नरुच्ने, भोक नलाग्ने
नाकबाट रगत बग्ने
कमजोरी हुने
शरीर चिलाउने
शरीर पहेँलो हुने (जन्डिस)

अरू समस्या

पेटमा पानी जम्ने
खुट्टा सुनिने
पुरुषमा स्तन वृद्धि हुने (गाइनेकोमास्टिया )
प्रजननसम्बन्धी समस्या
मस्तिष्क अनियन्त्रित हुने
कलेजो सुन्निने

लिभर सिरोसिसबाट बच्ने उपाय

. जड र रक्सी सेवन नगर्ने
. सुरक्षित यौनसम्पर्क गर्ने (हेपाटाइटिस बी र हेपाटाइटिस सीबाट जोगिन)
. हेपाटाइटिस बीविरुद्धको वेग्सिन र खोप लगाउने
. सन्तुलित आहार
. दैनिक व्यायाम


ताजा खबर