गण्डकी प्रदेश सरकारलाई सूर्य नेपालको एक करोड

कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

सूर्य नेपालका वाणिज्य प्रमुख गौतम यादव र कारखाना प्रमुख बाबुराम कार्कीले उक्त रकमको चेक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले ठूलो सहयोगले प्रदेशमा उद्योग भएको अपनत्व अनुभव भएको बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योगले सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता रहने यादवले जनाए । यसअघि पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपले ५० लाख नगद र ५० लाखका स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।


ताजा खबर