ल्यापटप, कम्प्युटर खरीदमा लक्ष्मी बैंककाे सरल कर्जा सुविधा

लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरीदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको सुरुवात गरेको छ।

कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण घरबाटै काम गर्नुपर्ने र स्कूल तथा कलेजले पनि अनलाइन अध्यापन गर्ने भएकाले ग्राहकको सुविधाका लागि यो योजना ल्याएको बैंकले जनाएको छ।

बैंकले ग्राहकहरुलाई खरीद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्यूनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाएको छ।

यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध भएको जनाएको छ ।

निकट भविष्यमा नै थप छनोटको सुविधा दिन अन्य ब्राण्डहरु पनि थप गर्दै जाने ब्यांकको योजना रहेको जानकारी दिएको छ।


ताजा खबर