विश्व स्वास्थ्य संगठनलाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने

सो रकम दुई वर्षभरिमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिनुभयो ।

विश्वभरि कोरोना भाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय निकाय एब्लु.एच.ओलाई चीनले सहयोग दिने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्बन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीले चीनले कोरोना भाइरसको नियन्त्रण र उपचार सम्बन्धी आफ्ना अनुभव सबैसँग बाँड्न चाहेको बताउँनु भयो । साथै राष्ट्रपति सीले आफूसँग भएको श्रोत र शक्ति पनि वितरण गर्न चाहेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाले डब्लुएचओलाई यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको छ । अमेरिकाले डब्लुएचओलाई दिंदै आएको सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरिबाट आलोचना भएको थियो ।

विश्वव्यापी महामारीका कारण डब्लुएचओलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै सहयोगका लागि अपिल गर्दै आएको छ । बीबीसी


ताजा खबर