भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या मङ्गलबार बिहानसम्म ७० हजार नाघेको छ । सङ्क्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको छ ।
कोभिड १९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ७० हजार ७५६ जना पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा मृत्यु हुनेहरूको सख्या २ हजार २९३ जना पुगेको छ । सङ्क्रमणबाट निको भएका बिरामीको सभ्ख्या २२ हजार ४५४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४६ हजारभन्दा बढी सङ्क्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सङ्क्रमित भएका छन् ।  महाराष्ट्रमा २३ हजार ४०० नागरिक कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यस सङ्क्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । गुजरातमा ८ हजार ५४१ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेका छन् । सङ्क्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ ।
तामिलनाडूमा यसबाट ८ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमणबाट २ हजार भन्दा बढी निको भएका छन् भने यहाँका ५३ जनाको ज्यान गएको छ । दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणबाट ७ हजार ७३३ जना बिरामी छन् ।

भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । एएनआइ  


ताजा खबर