कार्ल मार्क्स हजार वर्षयताकै महान् दार्शनिक : नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउनुहुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताउनुुभएको छ ।

उहाँले महान् दार्शनिक मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गर्नुभएको छ ।

अध्यक्ष दाहालले २१औँ शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पार्नुभएको छ ।

विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गर्नुुभएको छ ।

उहाँले मार्क्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । रासस


ताजा खबर