नेकपा सचिवालय बैठक : लकडाउन पछि बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ।

साँझ ६ बजेदेखि बालुवाटारमा भएको सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम-कारबाही र केही नेताहरूले माग गरेको स्थायी समिति बैठकबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमाम उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

नेकपामा विवाद चर्किएको बेला बसेको बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।

२० गतेको सचिवालय बैठकले नै केही नेताहरूबाट माग हुँदै आएको स्थायी समिति बैठकबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

सफल नेपाल / तस्बिर स्रोत: राजन काफ्ले / प्रधानमन्त्रीको स्वकीय सचिवालय

 

 

 


ताजा खबर