सरकारले निर्णय सच्याएर जनभावनाको सम्मान गर्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारले निर्णय सच्याएर जनभावनाको सम्मान गरेको बताएका छन् ।

मन्त्रिपरिषदबाट दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत् सरकारको निर्णयको स्वागत गरेका हुन् । उनले अध्यादेश फिर्ता लिनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

थापाले लेखेका छन्, “राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेशहरु फिर्ता लिने सरकारको निर्णय स्वागतयोग्य छ।” यो निर्णयले जनभावनाको सम्मान गरेको थापाले उल्लेख गरेका छन् ।

गएको ८ वैशाखमा ल्याएको अध्यादेश फिर्ता लिने शुक्रबारको मन्त्रिपरिषदले निर्णय गरेको छ ।


ताजा खबर