ग्रैम स्मिथ बने क्रिकेट दक्षिण अफ्रिकाका स्थायी निर्देशक

दक्षिण अफ्रिकाले ग्रैम स्मिथलाई क्रिकेट बोर्डको स्थायी निर्देशक नियुक्त गरेको छ । ३९ वर्षीय स्मिथलाई गत् डिसेम्बरमा कार्यवाहक निर्देशकको जिम्मेवारी दिइएको थियो ।
क्रिकेट दक्षिण अफ्रिकासँग स्मिथले दुईवर्षे कार्यकालको लागि सम्झौता गर्नुभएको छ । डिसेम्बरमा कार्यवाहकको जिम्मेवारीमा नियुक्त भए लगत्तै इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृखंलामा दक्षिण अफ्रिका ३–१ ले हारेको थियो ।

नियुक्त भए लगत्तै स्मिथले दक्षिण अफ्रिकी क्रिकेटलाई विश्वमै नेतृत्व गर्ने हैसियत बनाएर अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने लक्ष्य राखेको बताउनुभयो । आफ्नो स्थायी नियुक्तिले क्रिकेट दक्षिण अफ्रिकालाई नयाँ दिशामा लग्न नीति निर्माणमा सहज हुने उहाँले प्रतिक्रिया दिनुभयो ।

शौन पौलकको सन्यासको घोषणापछि २२ वर्षकै उमेरमा सन् २००२ मा दक्षिण अफ्रिकाको सबैभन्दा कान्छो कप्तानको जिम्मेवारी सम्हाल्नुभयो । सन् २०१४ मा सन्यास घोषणा पूर्व उहाँले १७७ टेष्ट, १९७ अन्तर्राष्ट्रिय एकदिवसीय र ३३ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ । बीबीसी


ताजा खबर