यौनका कुुरा : भिमप्रसाद अधिकारी

१. सारांशः
यौन सम्बन्धी भावनाहरु म्स्तिष्कबाट प्रारम्भ हुुन्छन् । कुुनै इन्द्रियको संलग्नताबिना नै पनि यौन उत्तेजनाको विकास हुुन्छ । यौन यस्तो भावना हो जुुन किशोरावस्थामा बढी र तीव्र हुुन्छ । यौन विलकुल एउटा प्राकृतिक कुरा हो । मानिसका अन्य चाहना र आवश्यकता जस्तै यौन पनि जीवनको एउटा आवश्यकता, उत्सुकता र चाहना नै हो । जीवनमा भोक प्यासको आभास भए जस्तै यसको आवश्यकताको आभास हुन्छ । मानिसले कुुनै न कुनै रुपमा आफ्ना यौनिक चाहनाहरुलाई अभिव्यक्त गरिरहेको हुन्छ, केटा मान्छेले केटी मान्छेलाई एकोहोरो हेरिरहनुु, केटी मान्छेले शृृङगार गरेर शरीरलाई चिटिक्क पार्नु मानिसका यौनिकताका सामान्य परिचय हुन् । कुनै केटा मान्छेले दारी काट्दैन, फेसनमा ध्यान दिँदैन र केटीलाई जिस्क्याउँदैन भने उसमा यौन चाहनाको कमी छ वा यौन संयमताको भावना छ भन्ने बुुझ्नुुपर्छ र त्यसरी नै केटी मान्छेमा पनि फेसनमा ध्यान छैन, पढाइ लेखाइमा मात्रै ध्यान छ भने उनमा पनि यौन चाहनाको कमी छ वा संयमताको भावना बढी छ भन्ने बुुझ्नुुपर्छ । यौन चाहना र क्षमता हुुनुुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुुको लक्षण मानिन्छ । यौन चाहना, उत्सुकता र यौन क्रियामा संलग्न हुने क्षमता छैन भने मानिस स्वस्थ छैन भन्ने बुुझ्नुुपर्छ । यस आधारमा यौन मानिसको स्वास्थ्य र तन्दुुरुस्तीसँग सम्बन्धित विषय पनि हो । नेपाली समाजमा यौनका विषयमा खुुला छलफल गर्ने गरिँदैन । पतिपत्नी बाहेकको यौन सम्बन्धलाई अनैतिक, अनुुचित र आपराधिक कार्य मानिन्छ । समाजभित्र पसेर हेर्ने हो भने यौनका अनेक कथाहरु भेटिन्छ ।

२. विषय प्रवेशः
यौनका विषयमा मानिसका आ-आफ्ना धारणाहरु छन् । पश्चिमाहरु यौनका विषयमा धेरै खुुला हुन्छन् । तर, नेपालीहरुले यो पनि बुुझ्नुु आवश्यक छ कि उनीहरु यौनका विषयमा खुुला छन् भनेर उनीहरु ठीक र हामी बेठीक भन्ने होइन । मेरो व्यक्तिगत बुुझाइ के रहेको छ भने यौनका विषयमा हाम्रो पूर्वीय मान्यता नै सही छ र यो पतिपत्नीका बीचमा मात्र सीमित हुनुुपर्छ, तर यो नियम महिलाका हकमा मात्र लागुु हुनुु र पुुरुषका हकमा लागुु नहुुनुुको रहस्य भने मेरो दिमागले फेला पार्न सकेन । के यो सम्भव नभएर हो ? घरमा श्रीमतीलाई भुुल्याएर बजारमा यौन खरिद गर्दै हिँड्न पुुरुषलाई कुुन सभ्यताले छुुट दिन्छ ? आफ्नो लोग्ने दश ओटासँग यौन सम्बन्धमा रहेको जान्दा जान्दै पनि चुुपचाप बस्नुुपर्ने वाध्यता स्त्रीलाई किन छ ? यसको जबाफ समाजसँग छैन, कानुुनसँग छैन । पुुरुषले जति वटी स्त्रीसँग यौन सम्बन्धमा रहे पनि ऊ सदाचारी नै रहिरहने र स्त्री चाहिँ बन्धनमा बस्नुुपर्ने, यो किन ? पुुरुष र स्त्रीमा यो विभेद किन, यो असमानाता किन ? पुुरुषले सय जनासँग यौन सम्बन्ध बनाए पनि ऊ सधैं चोखो भइरहने, स्त्रीले यो जान्दा जान्दै पनि स्वीकार गरिरहनुुपर्ने यो मान्यताको विकास किन भयो ? मान्यताहरु निर्माण भएका छन्, पूूर्वीय समाजका मूूल्य र मान्यताहरु निर्माण भएका छन् । पश्चिमाहरु भैतिकवादी हुन गए र पुर्वीयहरु आध्यात्मवादी । भौतिकवादीहरुले शरीरलाई महत्व दिन्छन् र आध्यात्मवादीहरुले आत्मालाई । फरक यहीँनेर छ । विश्वले आज जुन प्रगति गरेको छ त्यो भौतिकवादको देन हो त्यही काम पुुरुषले गरे अपराध नहुने र स्त्रीले गरे अपराध हुुने, त्यस्तै काम गर्ने पुुरुष चोखो हुने, त्यस्तै स्त्री जुुठी हुने । यो मनोभावना मात्र हो । जुुठा भए दुवै जना जुुठा मानिनुुपर्छ र चोखा भए दुवै जना चोखा मानिनुुपर्छ । भारतमा विवाहपछि स्त्रीको कुमारीत्वको परीक्षण हुन्छ । विवाहअघि केटीको कुुनै केटासँग यौन सम्बन्ध रहेको खुलेमा केटीलाई अस्वीकार गरिन्छ । यस्तो पनि समाज छ जहाँ कुनै केटीले केटासँग प्रेम गरेकी रहिछ र त्यो अभिभावकले थाहा पाए भने हत्या नै गरिदिन्छन् । त्यो हदसम्म नेपाली समाज कडा छैन ।

३. स्त्री र पुरुष प्राकृतिक रुपमा मात्र भिन्नः
पुुरुष र स्त्रीबीचको भिन्नता भनेको सन्तान जन्माउन सक्ने र नसक्ने क्षमता मात्र हो । स्त्री मात्र गर्भवती हुन सक्छिन र उनले मात्र सन्तानको जन्म दिन सक्छिन । पुुरुषले सन्तान जन्माउन सक्दैन । पुुरुषको पेटमा गर्भासय नभएकाले ऊ गर्भवती हुन सक्दैन । यही एउटा कुरा हो पुुरुष र स्त्रीबीचको फरक र भिन्नता । अरु सबै कुरा हेराइका तरिका र दृष्किोण मात्रै हुन् । म पुरुष हुँ तर पनि म सधैं स्त्रीको पक्षमा हुन्छु किनभने म आमाको कोखबाट जन्मिन्एको हुुँ । आमाले दश महिनासम्म कति पीडा सहेर मलाई यो धर्तीमा अवतिर्ण गराउनुु भयो । त्यो मैंले बुुझ्नुपर्छ । यस कारण म प्रत्येक स्त्रीलाई उमेरको फरक अनुसार आमा, दिदी , बहिनी र छोरीको भावले हेर्छु । सबै महिला हाम्रा आमा दिदीबहिनी हुन् । यो भीम सरको गफ भन्नुु होला नि । गफ होइन विचार हो । मेरो विचार । म तपाईँको विचारलाई पनि उत्तिकै कदर गर्छु । म सबै मान्छेका वैयक्तिक स्वतन्त्रताको ख्याल गर्छु र कुनै स्त्रीलाई आदर गर्नुु, सम्मान गर्नुु भनेको आफ्नै आमादिदीबहिनीको आदर सम्मान हो भन्ने सम्झन्छुु । म मेरो विचारको परीक्षा दिन सक्दिन । यो झन्झटमा जान चाहन्न । तर पनि म एक एक नारी सदाचारी भन्ने सिद्धान्तलाई मान्दछुु । नारी र पुरुष भिन्न होइनन्, समान हुन्, भिन्न बनाउने समाज हो, समाजका हामी हौ भन्ने मेरो जिकिर हो । स्त्री र पुुरुषलाई भिन्न मान्ने । स्त्रीलाई कमजोर देख्ने । स्त्रीलाई समाजले सुुरक्षा दिनुुपर्ने मान्यता राख्ने । स्त्रीमा कुुनै क्षमता नदेख्ने । यी यस्ता मान्यता हुन् जसले महिला र पुरुषमा विभेदको गहिरो खाडल खनिदिएको छ र परिणाम स्वरुप स्त्रीहरु मानसिक रुपमा कमजोर भएर समाजमा उपस्थित हुन्छन् । स्त्रीले रजस्वलाको क्षणको पीडा भोगे जस्तै पुुरुषले त्यो पीडा व्यहोर्नुु पर्दैन । स्त्रीले सन्तान जन्माउनका लागि गर्भवती हुुनुुपर्छ । गर्भवती हुुनुुपर्दाको पीडा पुुरुषलाई अनुुभूूति हुन्न । स्त्रीहरु जबरजस्ती करणी र बलात्कारमा पर्छन् । पुुरुषलाई यी कुुरामा ढुुक्क छ । यही कारणले पुुरुष फुुक्का र नारी बन्धनमा पर्नुु परेको हो । नारी र पुुरुषको सम्बन्ध भइहालेमा गर्भ रहन सक्छ । गर्भ लुक्दैन । जसको गर्भ हो उसैलाई जिम्मा दिने । हिजो यस्तो चलन थियो । कुनै स्त्री मन परे उसलाई बलात्कार गर्न सके श्रीमती बनाउन पाइने । एक गोठ श्रीमती भए पनि समाज नबोल्ने । कानुन नबोल्ने । हिजो यस्तो चलन थियो । हिजो कानुन पनि खुकुुलो थियो । मर्दका हजार भन्थ्यो । एक हिसाबले धेरै श्रीमती हुनुु गर्वको कुरा थियो । पक्कै पनि यो पुुरुषप्रधान समाजको देन थियो । आज कानुुनमा सुधार आउने वित्तिकै कसैले एकभन्दा बढी श्रीमती ल्याएको भए पनि लुुकाउनुुपर्ने भएको छ । महिलाको पक्षमा । पुुरुषवर्गको मनपरीको विपक्षमा कानुुन आएको छ ।

४. प्रेमको नाममा यौन र यौनका नाममा प्रेमः
आधुुनिक युवायुवतीहरु जसलाई प्रेम भन्छन् र प्रेमका नाममा जुन क्रियाकलापहरु हुने गर्छन् त्यसलाई म समयको हुुरीवतास भन्न मन पराउँछुु । केटीहरुमा समर्पणको भाव अवस्य हुुन्छ तर केटाहरुमा कामवासनायुक्त यौन चाहना बढी हुुन्छ । यौन यस्तो विषय हो जो जस्तो सोच्यो त्यतैतिर तानिन्छ । आफैं हुँदैन तर सोचेपछि मात्र हुुन्छ । जब मान्छेले यौनका विषयमा सोच्छ तब उसको यौन उत्तेजना तीव्र हुुन्छ । मानिसका हरेक भावनाहरु अन्तरमा सुशुप्त अवस्थामा नै रहेका हुुन्छन् जबसम्म त्यसको लागि उपयुुक्त वातावरण बन्दैन तबसम्म ती प्रकट हुँदैनन् । मान्छे कुुनै काममा व्यस्त छैन भने, पढ्दैन लेख्दैन भने उसको मनमा यस्तै विचारहरु आउन थाल्छन् । जब कुुनै केटा वा केटीले कुनै केटा वा केटीका विषयमा सोच्छन् तब मात्र यौन चाहना प्रकट हुुन्छ । कुनै सृजनात्मक काममा व्यस्त भइरह्यो भने केटाकेटीका बारेमा सोच्न फुुर्सद नै हुँदैन अनि यौन चाहना दबिन्छ । यस्तै प्रौढ मान्छे पनि जब कुनै केटीको बारेमा सोच्न थाल्छ अनि उसले आफ्नी श्रीमतीलाई बिर्सिएर अन्यत्र मन दिन थाल्छ, मन त्यतै जान्छ । यो मन नै यस्तो हो कि जता लगायो त्यतै जान्छ । लगाउनेवालाले नै यो निश्चय गर्नुुपर्छ कि मन कता लगाउने हो । नेपालीहरुमा यौनका बारेमा धेरै सोच्ने बानी छ । खास गरी पश्चिमा संस्कृतिको प्रभावले गर्दा आफ्नो धर्म परम्परा र संस्कृतिलाई बिर्सिएर अरुको संस्कृतिको सिको गर्न खोज्ने प्रवृत्ति छ । मेरो धारणा के हो भने एउटा स्वाभाविक कुरालाई किन यति धेरै चिन्तनमनन गरिरहनुु पर्दछ र । आफ्नै धर्म र संस्कृति अनुसारको आचरण गर्दा भइ गयो नि । हिजो एउटा यस्तो परम्परा थियो जतिबेला बाबुुआमाले सानै उमेरमा छोराछोरीको विवाह गरिदिन्थे र त्यो उचित थिएन । त्यो प्रसङ्गमा पाश्चात्य शैलीको प्रेमको कुरा हुनुु ठीकै थियो । अब विवाह एकले अर्कालाई मन नपराइ हुनै सक्दैन । तसर्थ विवाहअघि नै प्रेमको आवश्यकता हुुँदैन । विवाहपछि श्रीमान श्रीमतीको नाता कायम भएपछि आपसमा राम्रो प्रेम गर्दा कति राम्रो हुन्छ । माथि नै भनियो कि आधुनिक युवायुवतीहरुका प्रेम भनेका कामवासनायुक्त चाहना हो । मान्छे आफ्नै सोचाइले वा सामाजिक क्रियाकलापले गर्दा कामवासनाको सिकार बन्छ र त्यही कामवासनालाई शान्त बनाउने उपायको रुपमा प्रेमको नाटक गर्दछ । प्रेमको वारेमा केटाहरु बइमान हुुन्छन् । केटाहरुले कति केटीहरुको जीवन वर्वाद पारिदिएका छन् । कतिलाई धोका दिएका छन् ।

५. वेश्यो, वेश्या र वेश्यावृत्तिः
समाजमा प्राचीन कालदेखि नै यौनजन्य क्रियाकलापहरु हुँदै आएको प्रमाण पाइन्छ । उच्च घरानाकालाई अप्सरा देवकन्या आदि नाम दिइएको र तल्लो स्तरकालाई वेश्या भन्ने गरेको पाइन्छ । अचेल वेश्या शब्दको सट्टा यौनकर्मी, यौन व्यवसायी आदि शब्दको प्रयोग हुने गरेको पाइन्छ । संसारका प्राय सबै ठुूला सहरमा यौनकर्मीहरु छन् । कतै चकलेट जस्तै सजिलै किन्न पाइन्छ, कतै प्रहरीको आँखा छलेर वा प्रहरीसँग मिलेमतो गरेर । फरक यति हो । नेपालमा कानुुनी रुपमा यौन व्यवसाय सञ्चालन गर्न पाइँदैन । नेपालका प्रमुख सहर काठमाण्डौ, भरतपुर, पोखरा, वीरगञ्ज, धरान, धनगढी, बुटवल, भैरहवा सबै ठाउँमा यौनकर्मी सक्रिय रहने गरेको वताइन्छ । भारतको मुुम्वइका कमाठीपुरा, कोलकोताको सोनागाछी चर्चिच रेडलाइट एरिया हुन् । भारतीय कानुन अनुसार १८ वर्षमाथिका महिलाले यौन व्यवसाय गर्न पाउँछन् । पश्चिमा देशमा त यौन दालभात सरहको विष हो । जापानमा भाडामा केटाहरु लिएर केटीहरु घुम्न चाहन्छन् भन्ने चर्चा चल्न थालेको छ । थाइल्याण्ड त यौन व्यवसायको लाममा संसारको सबभन्दा बदनाम मुलुक हो । त्यहाँ वेश्यो वेश्या दुवै उपलब्ध हुुन्छन् । यो सुविधाले मानिसमा यौनका विषयमा गहिरो चासो बढाइदिन्छ । जुन त्यति आवश्यक होइन । मुस्लिम देशहरुमा समेत यौन व्यवसाय हुने गर्छ । उच्च घरानाका यौनकर्मीलाई कसैले चिन्दैनन् । सामान्यले गर्नै सक्दैन । यौन व्यवसाय अत्यन्तै निन्दनीय कार्य हो । यौनकर्मीलाई कुनै पनि समाजले सम्मान गर्दैन । तर पनि यो व्यवसाय किन मौलाइरहेको छ भन्ने विषयमा हल्कासँग यसै हो भन्न मिल्दैन । एकपटक नेपालमा पनि यौनकर्मीलाई रेडलाइट एरिया तोकेर यौन व्यवसाय गर्न छुट दिने चर्चा चलेको थियो तर पनि त्यस बेलाको सरकारले राम्रै गरेछ छुट नदिएर । लुकीछिपी हुनुमा र खुल्लमखुल्ला हुनुुमा आकाश पालातको फरक हुन्छ । वेश्यावृत्तिको कारण पुुरुषको स्वभाव र चाहनाले गर्दा हो तर यसबाट दुःख पाउने र अपमानित हुनेमा महिला पर्दछन् । कुनै पनि पुुरुषले परस्त्री गमनको इच्छा राख्दैन भने वेश्यावृत्ति हुन सक्दैन । तर समाजले महिलालाई उपभोग्य वस्तुको रुपमा लिन्छ । समाज महिलाको रुप र यौवनमा भुुल्छ । पुुरुष उत्तेजनाको कारणबाट नै वेश्यावृत्तिको जन्म भएको हो । महिलाले वेश्यालय खोलेका होइनन् । ठूलाबडा सम्पन्नले राम्रो रुप र यौवन देखेपछि खप्न सकेनन् ।

६. यौन अनुशासन अर्थात सदाचारः
नचाहँदा यौन उत्तेजना बढ्दैन । बढेको मनले चाहेर हो । केही अपवादलाई छाडेर पशुहरु सन्तान प्राप्तिका लागि मात्र यौन क्रिया गर्छन् । पशुहरुबाट मानिसले सिक्नुपर्छ । यौन इच्छा प्रजननका लागि मात्र हो । अन्य प्रयोजनका लागि आवश्यकता होइन । एउटा क्षणिक स्नायुविक झट्का त हो यौन । जुन केही क्षण मैं खत्तम हुन्छ । त्यति सानो कुराका लागि मानिसले ज्यानै दिन्छ । तर पशुले त्यसो गर्दैन । पशुु व्यवहारले पुष्टि गरेको विषय यही हो । पशुु जस्तो मानिस किन हुन सक्दैन त ? यौन श्रीमान् र श्रीमतीका बीचमा मात्र सीमित हुनुुपर्छ । श्रीमान् श्रीमतीले पनि अत्यधिक यौन चाहना राख्नुहुुन्न अर्थात यौनका विषयमा धेरै सोच्नुुहुुन्न ।

७ निष्कर्षः
धन मान पद प्रतिष्ठा सुख सुविधा बढ्दै गएपछि मानिसले यौन तुष्टिको चाहना बनाउँदो रहेछ । सभामुख, राष्ट्रपति, न्यायाधीश या हाकिम, धनाढ्य व्यापारी, सामन्त जमिनदार जस्ता ठूलाठूला मान्छे नै यसबाट बदनाम भएका छन् । यौन संन्तुष्टि भन्ने कहिल्यै हुँदैन, हुनै सक्दैन । यो भात खाएर अघाउनुु जस्तो होइन । निश्चित मात्रामा भात खाइसकेपछि अघाए जस्तो यौनमा आनन्दको सीमा हुँदैन । गहिरिँदै जाँदा यौनको कुरा कहाँ लगेर टुुङ्ग्याउने भन्ने समस्या छ । मेरो राय के छ भने युवायुवतीका बीचमा हुने प्रेम भन्ने कुरा वहियात वात हो । यसले धेरैलाई वर्वाद पारेको छ । यौन भन्ने कुरा जीवनका अरु केही पक्ष जस्तै एउटा पक्ष हो, यसलाई व्यक्तिको निजी मामलाको रुपमा लिन सक्दा राम्रो हुन्छ । पतिपत्नी बीचको यौन सम्बन्ध नै सर्वाधिक उचित हो । पतिपत्नी बाहेकको यौन सम्बन्ध पाप कर्म हो, सामाजिक अपराध हो । स्त्रीपुुरुषको सहमतीमा पनि यस्तो हुनुुहुुन्न । जसलाई यौन चाहना हुन्छ उसले विवाह गर्नुपर्छ । यौन चाहना नहुनेले विवाह नगर्दा पनि हुन्छ । विवाह नगरीकन नै यौन चाहना पूरा गर्ने सोच्नुु पनि हुन्न । यस्तो सोच्ने हो भने वेश्या र वेश्यावृत्तिको सवाल नै उठ्दैन । पैसाका लागि त अरु नै व्यवसाय गरे हुन्छ । काम धेरै छन् । कोठीहरुलाई सामान उत्पादन गर्ने कारखाना बनाउन सकिन्छ । मुख्य कुरा मानिसले सोच्ने सुख सुविस्ता भोग विलासको धारणाले धेरै काम गरेको हुुन्छ । मान्छे समजमा कसरी चिनिन चाहन्छ त्यो उसको निजी कुरा हो ।

सफल नेपाल साप्ताहिक पुस २४ गते विहिबारको अंकबाट


ताजा खबर