कुण्डेश्वर मा.वि.को ५२ औं बार्षिकोत्सव सम्पन्न

कमलामाई नगरपालिका १२ बेसारे वेसी स्थित श्री कुण्डेश्वर माध्यमिक विद्यालय को ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह पौष १७ गते सम्पन्न भएको छ ।

सिन्धुली क्षेत्र नं. २ को १ का प्रदेश सभा सदस्य विनोद खड्काको प्रमुख आतिथ्यता तथा जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का कार्यालय प्रमुख शिव सापकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बार्षिकउत्सवको अवरमा आयोगित विभिन्न खेलकुद प्रतियोगताका विजेता तथा विद्यालयमा कक्षा प्रथम, द्धितिय र तृतिय हुने छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Image may contain: 5 people, people smiling, people standing and outdoor

बार्षिक उत्सव समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य विनोद खड्काले विद्यालयको भौतिक पक्ष सुधारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतका दिनहरुमा पनि जे जसरी सकिन्छ विद्यालयको सुधारका लागि प्रयासरत रहेको र आगामी दिनमा समेत सरसहयोग जारि रहने बताउनु भयो । प्रदेश सभा आफ्ना नितिग काममा व्यस्त भएको र कार्यक्षेत्र, बजेट विनियोजन लगायततका विषयमा स्ष्टता आईनसकेको बर्तमान अवस्थामा प्रंदेश सभा सदस्यहरुले ३ करोड भित्रमा रहेर योजना बनाउन मिल्ने गरि व्यवस्था भए अनुसार आफूले यो विद्यालयलाई प्राथमिकततामा राखेर धेर थोर बजेट विनियोजन गर्न प्रयासगर्ने बाउनु भयो । खड्काले त्यस क्षेत्रको विद्यालय बाहेकको अन्य विकासमा समेत आफूले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै विशिष्ट अतिथि शिक्षा आयोजनका प्रमुख शिव सापकोटाले भुकम्प पछिको विद्यालय पनुनिर्माण प्राथमिकताका आधारमा भईरहेको र अबको बजेटको सबैभन्दा प्राथमिकतामा कुण्डेश्वर माविको भवन रहने प्रतिबद्धता जनाउनु भयो । उहाँले कमलामाई नगरपालिकाका २६ वटा माध्यमिक विद्यालय मध्य कुण्डेश्वर मा.वि. हरेक हिसावले पछाडि परेको आफूले पाएकाले सदरमुकाम र अन्य भौतिक पूर्वाधार युक्त विद्यालयका विद्यार्थीहरुले पाए सरहको सुविधामा अध्यायन गर्न पाउने अधिकार कुण्डेश्वर मा.वि.का विद्यार्थीहरुको पनि भएको बताउदै त्यो अधिकार सुनिश्चत गर्न राजनीतिक दल, जननिर्वाचित प्रतिनिधि, सरकारी निकाय लगायत सबैको दायित्व रहने भएकाले त्यसमा सबै सचेत हुनुपर्ने र लागिपर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा संगठन विभाग सचिव गणेश रत्न, सचिवालय सदस्य रमेश कार्की, नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, नगर शिक्षा समन्वय इकाई प्रमुख शंकर लुईटेल, १२ नं. वडाका वडा अध्यक्ष ललितबहादुर श्रेष्ठ लगायत छिमेकि विद्यालयका प्रधानाध्यापकहरुले मन्तव्य राख्दै विद्यालयका प्रगतिको कामना गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक मदन काफ्लेले विद्यालयको आय व्यय तथा प्रगति विवरण पेश गर्नु भएको थियो भने शिक्षक ललित श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सफल नेपाल, सिन्धुली

ताजा खबर