करका बाँकी कुरा, ‘देखिँदा कर छुट जस्तो देखिएपनि यो करको लुट हो’ : सन्देश श्रेष्ठ

गत हप्ता प्रकाशित तिनपाटन गाउँपालिकाको कर छुट सम्बन्धी अत्यन्तै मनन्योग्य टिप्पणी पछि त्यसमा छुटेका केहि विषयबस्तु उल्लेख गर्न यो पुरक टिप्पणी पठाएको छु ।

कर बारेमा अघिल्लो हप्ता वियन दहालले लेख्नु भएको सबै कुरा वास्तविक र विचारणिय हुन् । कर छुटको प्रत्यक्ष प्रभाव सर्वसाधारणलाई होइन ठेकेदार र व्यापारीहरुलाई भएको छ । त्यो पनि दुई तरिकाले । पहिलो त तिनपाटन क्षेत्रमा निर्माणका काम गर्ने ठेकेदारहरुले खोलाबाट कर नतिरिढुङ्गा गिट्टि बालुवा पाउने अवस्था रह्यो यसको प्रत्यक्ष फाईदा उठाई नै हाले यस विषयमा थप चर्चा गर्नै परेन । गाउँपालिकाले कर नलिने भएपछि सम्भवत त्यहाबाट ढुङ्गा गिट्टि बालुवाको निकासि हुने छैन । आन्तरिक खपतमै सिमित हुने छ । अर्को तिनपाटन गाउँपालिकाले कृषि जन्य उत्पादनको निकासि कर छुट दिने निर्णय गरेको छ । यसको पहिलो नाफा त्यहाबाट निकासि गर्ने व्यापारीहरुलाई पुगेको छ । उनिहरुले कम्तीमा जिल्ला सदरमुकाम सम्म व्यापारिक प्रयोजनका लागि कर नतिरिकन कृषि जन्य बस्तुहरु ल्याउन पाउने भए यसको लाभ निकासि जन्य कारोवार गर्ने ठूला व्यापारिले पाउने भए ।

गाउँपालिकाको कर घट्ने भयो । कृषकले गत वर्ष पनि कर तिरेका होइनन र यो वर्ष पनि कर छुट छ भनेरक थप पैसा पाउने होइनन । यो कर छुटको फाईदा उठाउने अर्को बर्ग पनि देखिएको त्यो हो तिनपाटन सँग सिमाना जोडिएका कर उठाउने अन्य स्थानीय तहमा ठेक्का पाएका ठेकेदारहरु ।
निकासि कर तिनपाटन गाउँपालिकाले नउठाएपनि उ सँग सिमाना जोडिएका कमलामाई दुधौली, फिक्क्ल लगायत तीनपाटन गाउँपालिकाका वरिपरि रहेका सबै स्थानीय तहहरुले उठाएका छन् । तीनपाटन गाउँपालिकाबाट कर नतिरिल्याईएको अदुवा, अलैचि वा अन्य जुनसुकै कृषि उत्पादन कमलामाई, दुधौली वा फिक्कल गाउँपालिकाको सिमाना कटाउने हो भने त्यसको कर तिर्नै पर्दछ । कि तिनपाटन गाउँपालिकामा कर तिरेको रसिद देखाउनु प¥यो होइन भने कर तिर्नु पर्यो । उत्पादित अदुवा अलैचि लगायत करक छुट दिएका बस्तुहरु सिन्धुली सदरमुकाममै मात्र खपत हुने खाल्का बस्तु होइन यसको अर्थ यि वस्तु निकासिक गर्नै पर्छ र कर तिर्नै पर्दछ । तर यसरी तिनर्पाटनले नउठाएको कर छिमेकि स्थानीय तहका ठेकेदारहरुले उठाएपनि त्यो कर ति स्थानीय तहले पाउने सम्भावना भने निकै कम हुन्छ । किनभने सबै स्थानीय तहले आफ्नो उत्पादनलाई आधार मानेर ठेक्का रकम निर्धारण गरि कर उठाउन ठेक्का लगाएका हुन्छ ।

तिनपाटनले कर नउठाएर कमलामाईले त्यो कर उठाउदा कमलामाईको ठेकेदारलाई लक्ष्य भन्दा बढि कर उठाउन सजिलो हुने र नाफा बढ्ने मात्र हो । कमलामाई को उत्पादनले नै ठेक्का रकम तिरेर नाफा पनि कमाउने उद्देश्यले काम गरेको ठेकेदारले तिनपाटनको समेत कर उठाउने अवसर पाउनु कति भाग्यको कुरा हुन्छ होला ? एक हिसावले यो कर अपचलन सरह नै हो ।

जिम्मेबार स्थानीय तहले यस्तो गलत निर्णय तत्काल सच्चाउन आवश्यक छ । देखिदा कर छुट जस्तो देखिएपनि यो छुट हैन । यो करको लुट हो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यसैले यो कमजोरी तत्काल सच्चाउन आवश्यक छ । गल्ती गरेर त्यसलाई लोकप्रिय कामको रुपमा प्रचार गर्नु र कान नछामि गाउँपालिका कर मुक्त भएका समाचार लेख्नु मिडियाहरुको चरम कमजोरी र अज्ञाताका सूचक हुन ।

मिडियाहरुको भिडमा सफल नेपाल साप्ताहिले जुन सत्य तथ्यलाई बहसमा ल्याईदिएको छ यसका लागि धन्यवाद ।


ताजा खबर