हिमपातपछि सोलुको स्याङबोचेमा हिउँचिप्लेटी : पाथिभराबाट हिमाल झलल

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा तथा हिमपात भएपछि मौसममा क्रमिक सुधार भइरहेको छ। आकाश खुलेर घाम लागेपछि मानिसहरू बाहिर निस्किन थालेको देखियो।

हिमपात भएका जुम्ला, कालीकोट, मुगु र सोलुखुम्बुको सामान्य जनजीवन प्रभावित भएपनि शनिवार केटाकेटी तथा युवा-युवतीहरू हिउँ खेल्न निस्किएका छन्।

शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन “केही समय लाग्ने” मौसमविद्ले बताएका छन्। शनिवार साँझबाट मौसममा सुधार आउँने उनीहरूको भनाइ छ।

हिमपातका केही दृष्यहरू तस्बिरमा:

पाथिभरामा हिमपातहिमपातपछि खुलेको ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभराको मन्दिर क्षेत्र। पृष्ठभूमिमा कञ्चनजङ्घा हिमाल। (तस्बिर: तुलसा निरौला)
स्याङ्बोचेमा हिउँचिप्लेटी अर्थात स्कि खेलको रौनकहिमपातपछि सोलुको स्याङ्बोचेमा हिउँचिप्लेटी अर्थात् स्कि खेलको रौनक देखियो। (तस्बिर सौजन्य: ललन यादव)
हिमपात पछि याक तथा चौँरीहिमपातपछि सोलुखुम्बुको स्याङ्बोचेमा याक विकास फार्मका कर्मचारी याक तथा चौँरीको स्यहारमा जुटेका थिए। (तस्बिर: ललन यादव)
सोलुमा पदयात्रीहिमपातपछि सगरमाथा क्षेत्रमा पदयात्रा कठिन भएको छ। (तस्बिर सौजन्य: ललन यादव)
जुम्लामा एक कुकुर हिउँमाजुम्लामा देखिएको एक कुकुर। (तस्बिर सौजन्य: दीपक बानिया)
चन्दननाथ मन्दिरजुम्लाको चन्दननाथ मन्दिर वरपर हिउँ परेको दृष्य। जुम्ला लगायत विभिन्न उच्च पहाडी स्थानमा हिउँ परेको खबर प्राप्त भएको छ। (तस्बिर सौजन्य: दीपक बानिया)
हिउँ तह लगाउँदै एक महिलामौसमविद्का अनुसार अहिलेको प्रतिकूल मौसमी अवस्थामा सुधार भएपनि जाडो महिना भएकोले अझै केही साता तापक्रम भने घट्ने क्रममा नै रहने छ। (तस्बिर: कृष्णमाया उपाध्याय)
रुखमा हिउँ पर्दाशुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन “केही समय लाग्ने” मौसमविद्ले बताएका छन्। (तस्बिर सौजन्य: दीपक बानिया)
जुम्लामा हिउँमा रमाउँदै स्थानीय बासिन्दा।जुम्लामा हिउँमा रमाउँदै स्थानीय बासिन्दा। (तस्बिर: कृष्णमाया उपाध्याय)
साभारः बीबीसी नेपाली सेवाको पेजबाट 

ताजा खबर