पूर्वाञ्चलको मेरुदण्ड (स्पाइन) को केन्द्र बन्दै विर्तामोड

सीमापारीका नेपाली भाषिको रोजाइको सुलभ र अव्वल उपचार नेपालको विर्तामोडमा

भारत पश्चिम बङ्गालको खर्साङ निवासी सुजन कुमाइको ढाडको नसा च्यापिएको धेरै बर्ष भएको थियो उहाँको खुट्टातिर दुखाई सर्दै आएको र पिडा पनि निकै हुने गरेको थियो  । उहाँलाई दैनिक कामकाज गाह्रो हुनुका साथै र सामान्य जिवनमा समेत दुखाइले नकारात्क असर गरेको  थियो ।

कुमाईले यस रोग सम्वन्धमा भारतको चेन्नई, हैदरावाद लगायतका शहरका विभिन्न अस्पतालहरुमा पुगेर नाम चलेका विशेषज्ञ चिकित्सकहरुसँग समेत परामर्श गरेका थिए । भारतमा चिकित्सकहरुवाट उपचारकालागि तत्काल शल्यकृया गर्ने सल्लाह पाएपछि उनी दोश्रो रायकालागि नेपालको विर्तामोडस्थित जिवनरक्षा पोलिक्रलिनिकमा आए । उनले मेरुदण्ड रोग विशेषज्ञ प्रा. डा. गौरवराज ढकालसँग  परामर्श गरी सल्लाह अनुसार रगतको जाँच, एक्स-रे लगायतका परिक्षण गराउनुभयो ।

आफ्नो  नेपाली भाषामा नेपालका वरिष्ठ स्पाइन सर्जनसँग परामर्श गर्न पाउँदा आफुलाई अति खुशी लागेको कुमाईले सफल नेपाललाई बताउनुभयो । उहाँले भारतको  तुलनामा यहाँ उपचार खर्च समेत निकै कम लागेको र नेपालीहरुको मायालु व्यवहारले प्रभावित भएको समेत हामीलाई बताउनुभयो ।

उहाँको उपचारबारे हामीसँगको कुराकानीमा प्रा.डा. ढकालले भन्नुभयो ,” कुमाइको मेरुदण्डको कुरकुरे हाड पछाडि सरेका कारण ढाडको नशामा दवाव परेर  नसा च्यापिएका कारण दुखाई र झमझमाउने लगाउतका समस्या भएको हो  । जसलाई  मेडिकल भाषामा लम्बर डिस्क प्रोल्याप्स भनिन्छ । यस किसिको समस्या भएका विरामीहरुलाई साधारण औषधि र फिजियोथेरापिले ८० देखी ९० प्रतिशत सम्म समस्याको समाधान गर्न सकिन्छ र शल्यकृया थोरै मात्रामा मात्र गर्नुपर्ने हुन्छ ।”

कुमाईले परामर्श पछि आफुले हाल औषधि सेवन सँगै फिजियो थेरापि गर्दै गरेको र  उपचारले निकै सहज भएको समेत हामीलाई बताउनुभएको छ । कुमाईले आफुजस्तै लामो समयदेखी पिडा सहेर बसेका ढाडका विरामीहरुलाई एक पटक डा.ढकालसँग जचाउन समेत अनरोध गर्नुभएको छ ।

स्मरणीय छ नेपालका ख्यातिप्राप्त स्पाइन सर्जन डा. गौरव राज ढकाल हरेक महिना आफ्नो जन्मथलो झापाका स्थानीय विरामीको सेवामा झापा जाने गर्नुभएको छ । सफल नेपाल


ताजा खबर