आमा शुभकामना तिमिलाई

 शोभा पाण्डेय / सिलवाल

सृष्टिकर्ता, पालनकर्ता ,आमा तिमी नै हौ

मरिमेट्ने सन्तानलाई, जिउँदी देवी नै हौ ।

नौ महिना पेटमा राखी , जन्म दियौ हाम्लाई

दिन रात नभनेरै , सेवा गर्यौ राम्रै ।

माया रूपी गङ्गा बगाई,  ठुलो हाम्लाई बनाई

आफू खोक्रो बने पनि , हाम्लाई पुष्ट बनाई ।

दशधारा दूध पिलायौ ,आफ्नो  दुःख लुकाई

हुर्केपछि सुख दिन्छन्, भनि पीडा भुलाई ।

स्वार्थै स्वार्थ संसारमा , आमा यस्तो नाता

निस्वार्थ  र पर्मार्थको ,दोस्रो रूप हो माता ।

हरेक जन्म लिँदा तिम्रै , सन्तान पाऊँ हुन

नाम तिम्रो उच्च पारूँ, नपारूँ म रून ।

कृतज्ञ छु सदा आमा ,तिम्रो कृत्यप्रति

नबोले नि पीडा बुझ्ने ,तिमी नै हो जाती।

जति तिरे पनि तिर्न ,नसकिने ऋण

बुढेसकालमा साथ दिन्छु, बन्छु तिम्रो त्राण ।

आमा तिम्रो महिमा छ ,अति अपूर्व  नै

गाउन मैले के सक्थेँ र ?,गरेँ प्रयास नै ।

भुलचुक माफदेउ आमा ,अबोध सन्तानलाई

आमाको मुख हेर्ने दिनमा ,शुभकामना तिमिलाई ,शुभकामना तिमिलाई ।


ताजा खबर