बाह्य मुलुकबाट दूध तथा दुग्धजन्य पदार्थ आयातमा रोक

सरकारले बाह्य मुलुकबाट दूध तथा दुग्धजन्य पदार्थ आयातमा रोक लगाएको छ ।

दूध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत हुन नसकेको र दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्ण रुपमा रोक लगाइएको छ ।

यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने ह्रे र परिवर्तित ह्रे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ ।

यस्तै नौनी (बटर), घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातमा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । रासस


ताजा खबर