संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस

बैठकले सरकारले  संसद्को चालु अधिवेशन अन्तयका लागि सिफारिस गरेको छ ।  मन्त्रीपरिषद् बैठकले  वैशाख २ गते मध्यरातदेखि सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले सदनको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवम सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय समितिको माग गर्दै काँग्रेसले सदन अवरोध जारि राख्दै आएको छ । सदन अवरोध हुँदा आशन्न लगानी सम्मेलनका लागि आवश्यक कानुन निर्माणमा समेत अवरोध हुने देखिएका वेला प्रधानमन्त्री प्रचण्डले हिजो मात्र अध्यादेशबाट भएपनि आवश्यक कानुनहरु ल्याइने बताउनु भएको थियो ।

सरकारले वैशाख १६ र १७ गते नेपालमा ‘लगानी सम्मेलन’ आयोजना गर्ने घोषणा गरेको छ। सम्मेलनबाट नेपालका सम्भावित लगानीका क्षेत्र र परियोजनाहरू प्रस्तुत गर्ने र त्यसमा वैदेशिक लगानी भित्र्याउने सरकारी लक्ष्य छ।

यता उद्यमी तथा व्यवसायीहरूले नेपालका कतिपय ऐन, कानुन र नीतिनियमहरू अद्यावधिक नभएकाले लगानी भित्र्याउन बाधक रहेको बताउँदै आएका छन्।

त्यसलाई सम्बोधन गर्नका लागि करिब एक दर्जन ऐनकानुन तथा नीतिनियमहरू संशोधन गर्नुपर्ने छ । रासस


ताजा खबर