ट्रम्प महाभियोग: अमेरिकी राष्ट्रपतिका निजी वकिललाई महाभियोगसम्बन्धी कागजपत्र पेस गर्न आदेश

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिललाई कङ्ग्रेसले राष्ट्रपतिविरुद्धको महाभियोग छानबिनसँग सम्बन्धित कागजपत्रहरू उपलब्ध गराउन आदेश दिएको छ।

विपक्षी डेमक्र्याटिक पार्टी नेतृत्वका कङ्ग्रेसका तीनवटा समितिले ट्रम्पका वकिल रूडी जुलिआनीलाई युक्रेनसँग सम्बन्धित दस्ताबेजहरू पठाउन निर्देशन दिएको हो।

जुलिआनीलाई पठाएको पत्रमा ती संसदीय समितिहरूले ट्रम्पका वकिलले राष्ट्रपतिका चासोलाई सम्बोधन गर्न सहयोगीको भूमिका खेलेको भन्ने आरोपबारे अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

जुलिआनीकै भनाइले पनि उनले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमक्याट्रिक पार्टीबाट सम्भावित उम्मेदवार जो बाइडेनका कमीकमजोरी खोतल्न युक्रेनलाई दबाव दिएको सङ्केत गरेको ती समितिको ठहर छ।


ताजा खबर