गीतकार रमेश दहाललाई फेरी अर्को राष्ट्रिय भावको गीति अवार्ड

यस बर्षको प्रभु पे म्युजिकखवर म्युजिक अवार्डको राष्ट्रिय भावको गीतको अवार्ड गीतकार रमेश दहालले हातपारे ।
लगातार उत्कृष्ट गीतहरु सिर्जना गर्दै आएकादहाललेसरकारी तथानिजिस्तरबाट प्रदानगरिने विभिन्न अवार्डहरु प्राप्तगरिरहेका छन् । यसै बर्ष मात्रउनले तीनओटा उत्कृष्ट राष्ट्रिय भावको गीतकालागि राष्ट्रिय स्तरका अवार्डहरु प्राप्त गरेभने पपतथाआधुनिकगीतविधाकालागिपनिअवार्डहरु प्राप्त गरेका छन् ।

गत सुक्रबार नेपाल एकाडेमीको प्रेक्षालय, कमलादीमा सम्पन्न आठौ प्रभु पे म्युजिकखबर म्युजिक अवार्डमा प्रशिद्ध गीतकार कालिप्रसाद रिजाल, चेतनकार्की, यादव खरेल तथा चुडामणि देवकोटाको हातबाट दहालले उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड प्राप्त गरेका थिए ।

गीत–सङ्गीतकाविविधपक्षकाअनुसन्धानकर्ता गीतकार दहालआधुनिक, पप, र राष्ट्रिय भावकागीतअधिक लेख्छन् ।
पुरस्कार प्राप्तगरिसकेपछि दहालले भने ‘सबै गीतकारका गीतहरु उत्कृष्ट नै थिए, तर पनिएक गीतलाई उत्कृष्टको अवार्ड दिनै पर्ने भएको र मेरो गीतअग्रगामी सोचको वकालतगर्ने खालको भएकोले उत्कृष्ट ठहरिएको हो। मेरो शव्दको गीत ‘जननीजन्मभूमिश्च स्वर्गादपिगरियसी’गीत साधारण शान्तिप्रेमीनेपालीहरुको अपेक्षा र आवश्यकतामा केन्द्रितभएकोले जजहरुलाई मन परेको हुनुपर्छ’ ।

सफल नेपाल


ताजा खबर