राम लिम्बू बने ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को विजेता

रामले पाए डाटसन रेडी गो कार, १२ लाख नगद, १५ लाखको भिडियो एल्बममा काम गर्ने अवसर

गायन रियालीटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को उपाधि राम लिम्बूले जितेका छन् ।

हयात ग्राउण्ड चुचेपाटी बौद्धमा शनिबार राति भएको फाइनल (ग्रयाण्ड फिनाली) मा उत्कृष्ट चार प्रतिष्पर्धीलाई पछि पार्दै राम लिम्बूले द भ्वाइसको उपाधि जितेका हुन् ।  उपाधि जितेसँगै उनले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्रको अवसर प्राप्त गरेका छन्  ।

सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए । फाइनलमा प्रवेश गर्नेहरुमा प्रशिक्षक (कोच) दीप श्रेष्ठबाट बिकाश लिम्बू, कोच राजु लामाबाट सनिशा श्रेष्ठ, कोच आस्था राउतबाट आरिफ राव र कोच प्रमोद खरेलबाट राम लिम्बू  थिए ।

ब्लाइण्ड अडिसन, ब्याटल राउण्ड हुँदै नकआउट चरणबाट लाइभ राउण्डमा  १२ जना छानिएका थिए । जसमा कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ राउण्डमा पुगेका थिए । कोच आस्था राउको टिमबाट यान्की ह्यामो , शशिका राई, आरिफ राव पुगेका थिए ।

यस्तै  कोच प्रमोद खरेलको टिमबाट बलबहादुर राजबंशी, मेचु धिमाल र राम लिम्बू थिए ।  यस्तै कोच राजुबाट गीता शर्मा, अन्जु रानामगर र सनिश श्रेष्ठ लाइभ शोमा थिए ।

गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी  एचडीमा प्रसारण हुँदै आएको थियो ।

झण्डै २२ हजार आवेदकमध्ये छानिएका करिब एक सय नयाँ प्रतिभाले ब्लाइण्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका थिए । यसपटकको सिजनमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत कोच रहेका थिए । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले द भ्वाइसको उपाधि जितेका थिए ।

सफल नेपाल


ताजा खबर