गाँउमा प्रयोगात्मक शिक्षाको ज्योती छर्दै चन्द्रज्योती

सिन्धुली जिल्लास्थित चकमके बजारमा रहेको चन्द्रज्योती इङ्लिस बोर्डिङ स्कूलले दोश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा साना नानीबाबुहरूको साङ्गीतमय नृत्य तथा विज्ञान र प्रविधि सम्बन्धी प्रस्तुतीहरू मुख्य आकर्षण रहेका थिए ।

प्रयोगात्मक एवं व्यक्तित्व विकासमा सहयोग पुर्याउने किसिमको शिक्षाको अभाव खड्किएका बेला चन्द्रज्योती इङ्लिस बोर्डिङ स्कूलले आधुनिक सुविधाबाट टाढा रहेको गाउँमा रहेर पनि नानीबाबुहरूको जिज्ञासालाई निरन्तर जगाउँदै, बढाउँदै अनि ज्ञान, सीप र कलालाई निखार्दै प्रयोगात्मक र प्रविधिमूलक शिक्षा उपलब्ध गराउने निरन्तर प्रयास गरिरहेको प्रधानाध्यापक विष्णु प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

जिज्ञासा नै ज्ञान प्राप्तिको मार्गमा पहिलो पाइला भएको र निरन्तरको जिज्ञासाले सिकाइसँगै उपलब्धीको जस्तेसुकै शिखर चुम्न सकिने प्रधानाध्यापक काफ्लेको भनाई छ ।

स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमको साङ्गीतमय नाच तथा प्रविधि सम्बन्धी प्रस्तुतीहरूमा कक्षा ३, ४ र ५ का भाइबहिनीहरूले सहभागितामा जनाएका थिए ।

विज्ञान विषयमा आधारित रहेर देखाइएका प्रस्तुतीहरूमा ‘वायरलेस इलेक्ट्रिसिटी ट्रन्समिसन’, ‘एल. डी. आर. सिस्टम’, ‘ग्याँस सेन्सर’, ‘चिल्ली कटर’ लगायत  दश वटा विशेष प्रस्तुतीहरुसँगै अन्य प्रविधि सम्बन्धी प्रस्तुतीहरू पनि रहेका थिए ।

स्मार्टफोन’ हरूमा धेरै नै प्रयोग भइरहेको ‘वायरलेस इलेक्ट्रिसिटी ट्रान्समिसन’ ले कसरी काम गर्छ भन्ने अवधारणामा कक्षा ५ मा अध्ययनरत छात्रहरु विवश काफ्ले र सुरज अधिकारी एवं कक्षा ४ मा अध्ययनरत छात्र साजन विक ले प्रयोगात्मक रूपमा प्रस्तुत गरेका थिए ।

त्यसैगरी कक्षा ५ का छात्र टीकाराम पुलामी र कक्षा ४ का छात्र विष्णु नारायण गिरीले बजारमा पाइने सामान्य बत्तीहरूमा पनि उपलब्ध हुने प्रविधि, अँध्यारो हुँदा आफैं बल्ने र उज्यालो हुँदा आफैं निभ्ने बत्तीहरूमा आफैं बल्न र निभ्न उज्यालो र अँध्यारोलाई चिन्न सक्ने ‘एल. डी. आर.’ सेन्सरलाई सामान्य भाषासहित प्रयोगात्मक प्रस्तुती दिएका थिए ।

खाना पकाउन प्रयोग गर्ने ग्याँस सिलिन्डर प्रयोग गर्दा ग्याँस खुल्ला छोडिएर या रसाएर आगलागि हुने सम्मका दुर्घटनालाई कसरी रोक्न सकिन्छ भन्ने जिज्ञासाको उत्तरमा कक्षा ५ का छात्र टीकाराम पुलामी र कक्षा ४ का छात्र पवन अधिकारीले ‘ग्याँस सेन्सर’  प्रस्तुत गरेका थिए ।

कक्षा ५ का छात्र टीकाराम पुलामी र कक्षा ३ का छात्र तिलक लुङगेलीले चटपटेमा प्रयोग हुने हरियो खुर्सानी काट्न प्रविधिको प्रयोग कसरी गर्ने भन्ने सिपलाई प्रयोग गरेर ‘चिल्ली कटर’ बनाएर देखाएका थिए ।

त्यसैगरी साङ्गीतमय नाच प्रस्तुत गर्ने भाइबहिनीहरू आशिका परियार, ज्योती तामाङ, टीकाराम पुलामी, शृष्टि सिदाली, निल्सना तामाङ, साइना श्रेष्ठ, दिलसना तामाङ, राधिका फुयाल, प्राश्ना आले मगर, लितक लुङ्गेली, आर्सिया भुजेल, लक्ष्मी अधिकारी, साइरा श्रेष्ठ लगायतको प्रस्तुतीहरु पनि प्रसंसा योग्य रहेका थिए ।

सफल नेपाल


ताजा खबर