रसुवामा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर

माथिल्लो त्रिशुली १ जलबिद्युत आयोजना निर्माण ठेकेदार कम्पनी डुशान इनरबिलिटी कम्पनी लिमिटेडले  रसुवाको मैलुङमा विशेषज्ञता सेवा सहितको निःशुल्क स्वाथ्य शिविर गर्ने भएको छ ।

काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. तथा कोरियाको प्रतिष्ठित चुङ अङ् युनिभर्सिटी हस्पिटलसँगको सहकार्यमा संचालन हुने चारदिने शिविरमा ॐ हस्पिटलका वरिष्ठ चिकित्सकहरु तथा कोरियाबाट आएको  वरिष्ठ चिकित्सकहरुको  मेडिकल टोलिले संयुक्त रुपमा स्थानीयहरुको स्वास्थ्य परिक्षण गर्ने डुशान इनरबिलिटी कम्पनी लिमिटेडका जनरल म्यानेजर चाङ्गमान मुनले जानकारी दिनुभयो ।

मंसिर ३ गते आइतवार विहान ८ बजेदेखी शुरु हुने स्वास्थ्य परिक्षण शिविरमा सामान्य चिकित्सा, मुटुरोग, हाडजोर्नी तथा नसा , स्त्री तथा प्रसुती रोग, बालरोग लगायतका विशिष्ठ विधाहरुमा स्वास्थ्य परिक्षण गरिने बताइएको छ ।

मंसिर ६ गतेसम्म संचालन गरिने शिविरमा विरामीको रोग निदान तथा पहिचानकालागि अल्ट्रासाउण्ड, एको र इ.सि.जी. सेवा समेत उपलब्ध गाइएको छ भने औषधिपनि निःशुल्क वितरण गरिने समाचारमा जनाइएको छ । रासस


ताजा खबर