राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र गुटेरेसबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेस नेपालको ४ दिने औपचारिक भ्रमणको क्रममा अहिले काठमाडौँमा हुनुहुन्छ ।

आजै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगाएतलाई भेट्नु भएको छ ।

भोलि महासचिव गुटेरेस एभरेष्ट बेसक्क्याम्प जाने कार्यक्रम छ । पर्सि मंगलवार उहाँले नेपालको संसदमा संवोधन गर्नुहुने कार्यक्रम छ । रासस


ताजा खबर