कोभिडको एस्ट्राजेनेका भ्याक्सिनमा गम्भीर साइडइफेक्ट

एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड १९ बिरुद्धको भ्याक्सिनमा रोक लगाउने भएको छ। केही दुर्लभ तथा खतरानक साइड इफेक्ट देखिएको स्वीकार्दै उसले आफ्नो खोप फिर्ता गर्ने जनाएको हो।

अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको उक्त खोप लामो समयदेखि प्रयोगमा छ। नेपालको छिमेकी देश भारतमा कोभिसिल्ड बनाइएको थियो। उक्त भ्याक्सिन समेत रोकिएको रोयटर्सले जनाएको छ।

एस्ट्राजेनेकाले मंगलबार खोप हटाउने निर्णय लिएको जनाएको हो। नेपालमा उक्त खोप १३ लाख डोज लगाइएको पाइएको छ। जुन खोपमा साइड इफेक्ट देखिएको कम्पनीले अदालतमा पेश गरेका कागजातमा समेत स्विकार गरेको छ।

बेलायतका जेमी स्कट नामका एक व्यक्तिले एस्ट्राजेनेकाको कोभिड भ्याक्सिनका कारण उनको दिमागमा हानी पुगेको दाबी गर्दै गत वर्ष मुद्दा दायर गरेका थिए। उनीलगायत केही मिलेर अदालतमा मुद्दा दायर गर्दै हानीको क्षतिपुर्ति माग गरेका थिए।

त्यसको जवाफ दिँदै एस्ट्राजेनेकाले अदालतमा कोरोनाको भ्याक्सिनबाट केही मानिसमा असामान्य साइड इफेक्ट हुन सक्ने स्विेकारेका थियो।बेलायतको उपभोक्ता सुरक्षा ऐन अन्तर्गत रहेको उक्त मुद्दा दायर गरेका उनले एस्ट्राजेनेकाको भ्याक्सिन खराब भएका कारण आफूले गम्भीर स्वास्थ्य समस्या झेलेको उल्लेख गरेका हुन्।

एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ,  ‘भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।’एस्ट्राजेनेकाको भ्याक्सिन बेलायतमा दिइएको पहिलो कोभिड भ्याक्सिन थियो।

यस मुद्दामा जोडिएका वकिल भन्छन्, ‘टीटीएसको थ्रोम्बोसिस विद थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम हुन्छ।’जब खोप लगाएपछि यस्तो हुन्छ, त्यसलाई भीआईटीटी अर्थात् भ्याक्सिन इन्ड्युस्ड इम्युन थ्रोम्बोसिस विद् थ्रोम्बोसाइटोपेनिया भनिन्छ। टीटीएस/भीआईटीटी एक असामान्य सिन्ड्रोम रोग हो, जसबाट थ्रोम्बोसिस (रगतको थोपा जम्ने) र थ्रोम्बोसाइटोपेनिया (प्लेटलेट घट्ने) एक साथ हुन जान्छ। रोयटर्स / रासस


ताजा खबर