गरिमा विकास बैंकको १२२ औं शाखा कीर्तिपुरमा

विगत १६ वर्षदेखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको छ ।

आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै यस विकास बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२ औं शाखा कार्यालय सञ्चालन गरेको छ ।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ । हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।


ताजा खबर