‘सालको पात टपरी’ले जित्यो चार अवार्ड : लालु माया उत्कृष्ट लोक दोहोरी गीत घोषित

विन्ध्यवासिनी संगीत अवार्डको १० औं संस्करणमा लोक दोहोरीतर्फ चर्चित गीत ‘सालको पात टपरी’ले चार अवार्ड हात पारेको छ। यो गीतबाट बसन्त थापाले उत्कृष्ट भाका, कुलेन्द्र विकले उत्कृष्ट लोक दोहोरी गायक, नवराज पन्तले लोक दोहोरी उत्कृष्ट रचना र शिब विक उत्कृष्ट लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गरे।

शिब हमालको लालु माया उत्कृष्ट लोक दोहोरी गीत घोषित भयो। सुनिता दुलालले मुखैमा चिनी गीतबाट लोक दोहोरी गायिकाको अवार्ड हात पारिन्। लोक दोहोरी नव प्रतिभाको अवार्ड सुस्मिता घर्तीमगरलाई दिइयो। सिनेमा संगीततर्फ प्रसादको बनकी चरी‘गीतबाट सुवास भुसाल, यही गीतबाट गायक रुपक डोटेल र चलचित्र गायिकाको अवार्ड छक्का पञ्जा ३ को पहिलो नम्बरमाका लागि बिन्दु परियारले प्राप्त गरिन्।

सुगम संगीततर्फ उत्कृष्ट गायकको अवार्ड सुमनकुमार श्रेष्ठ, गायिकाको अवार्ड बानिका प्रधान, संगीतकारको अवार्ड आशिष अविरल र उत्कृष्ट एल्बमको अवार्ड ‘तिम्रो साथ’ एल्बमबाट आनन्दराज खनाललाई प्रदान गरियो। पप तर्फ संगीतकारको अवार्ड किन किन गीतबाट राजेश थापा, गायकको अवार्ड यो मान्छेबाट सचिन रौनियार र गायिकाको अवार्ड के पो भन्लानबाट छेनु गुरुङलाई प्रदान गरियो।

दर्शकको मतको आधारमा पपुलर तर्फको अवार्ड पान खायो मायाले‘गीतबाट मोडल शँकर बिसी र अञ्जली अधिकारीलाई, पब्लिक च्वाईस अवार्ड सो अवार्ड समारोहमा ए प्रिया‘बाट मोडल राजन आले र अनु शाहले प्राप्त गरे। पत्रकारितामा तीन दशकभन्दा लामो योगदान पुर्याएको भन्दै पत्रकार राजेश खनाललाई २५ हजार रुपैयाँ सहितको विन्ध्यवासिनी सँगीत पत्रकारिता पुरस्कार २०७६बाट पुरस्कृत गरिएको थियो।

समारोहमा वरिष्ट लोकगायक कुमार बस्नेत ‘विन्ध्यवासिनी म्युजिक लाईफ टाइभ एचिभमेन्ट अवार्ड–२०७६’ बाट सम्मानित भएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतलाई एक लाख रुपैयाँसहित ताम्रपत्र प्रदान गरेर सम्मानित गरियो।

कार्यक्रममा दर्शकको अनुरोधमा गायक कुमार बस्नेतले तरुनी देख्दा नि लोभ लाग्छलगायतका चर्चित गीत गाएर लोक गायक कुमार बस्नेतले दर्शक झुमाएका थिए। नेपाली संगीत क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याएका कारण उनलाई सम्मान गरिएको आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन्।

कार्यक्रममा तीन दर्जन विधामा विभिन्न संगीतकर्मीहरुलाई विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ प्रदान गरिएको थियो।


ताजा खबर