८१ औँ मनुजयन्तीमा अमेरिकामा साहित्यिक कार्यक्रम आयोजना

सुप्रसिद्ध कथाकार तथा गजलकार मनु ब्राजाकीको ८१ औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले ब्रुम्फिल्ड कोलोराडोमा मनुजयन्ती तथा साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा मनु ब्राजाकीको संस्मरणात्मक कृति ‘मनु ब्राजाकीको श्यामकहानी’को चर्चा गरिनुको साथै उपस्थित सर्जकहरूले मनु ब्राजाकीका तथा आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

समालोचक तथा ‘मनु ब्राजाकीको श्यामकहानी’ कृतिका संयोजक बिमल अधिकारीले उक्त कृतिको विविध पक्षहरूमाथि चर्चा गर्नुभएको थियो ।

अनेसास, बोर्ड अफ ट्रष्टिजका सभापति पदम विश्वकर्माले मनु ब्राजाकीको सम्झना गर्दै नेपाली साहित्यमा उहाँको स्थान सधैं अटल रहने बताउनुभयो । कलाकार तथा अनेसास, कोलोराडो शाखाका पूर्व अध्यक्ष कृष्णमुरारी ढुङेलले नेपालमा मनु ब्राजाकीसँग काम गर्दाका आफ्ना अनुभवहरू सुनाउँदै उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो ।

No description available.

यसै गरी कार्यक्रममा रचना वाचन गर्नुहुनेहरू रीता ढकाल, तारा अधिकारी, सीता सापकोटा, डा. शारदा काफ्ले त्रिपाठी, जलेश्वर श्रेष्ठ, दामोदर लुइटेल, मिलन कोइराला, सम्झना आचार्य, डा. विजयराज शर्मा, प्रमिला शर्मा, डा. खगेन्द्रप्रसाद दाहाल, भगवती दाहाल, विकास त्रिपाठी, इन्दिरा रेग्मी, पुष्पराज पौडेल, भुपेन्द्र महत, शर्मिला शर्मा, विभिषिका अधिकारी, वसन्तराज घिमिरे, सफला घिमिरे, चन्द्रमोहन अधिकारी, ज्वाला कोइराला, वासुदेव खनाल आदि हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले, सामाजिक अभियन्ताहरु धर्मराज श्रेष्ठ र राज ढुंगाना, अनेसास कोलोराडो शाखाका कोषाध्यक्ष सेनुप्रसाद तिवारी, सदस्य निर्मला अर्याल, राम पौडेल, पुजन पोख्रेल, नारायण पोख्रेल, सदीक्षा रिजाल, समिक्षा रिजाल, लक्ष्मण रिजाल, अप्सरा आचार्य, सर्वज्ञ खनाल, प्रवेश खनाल, मिन बोलखे आदिको उपस्थिति थियो ।

May be an image of 2 people, people studying, dais and text

यसै गरी मनु ब्राजाकीको छोरी अपर्णा बस्नेत, ज्वाँई बिष्णु बस्नेत र नातिनी रेभा बस्नेतको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको संचालन अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने सभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो । सफल नेपाल अमेरिका


ताजा खबर