खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ  ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेस भएको थियो ।


ताजा खबर