विर्तामोडमा सिलिगुडिका शिक्षकको ढाड दुखाइको सफल उपचार

सिलिगुडि निवासी सुब्रमणि क्षेत्री पेशाले शिक्षक हुनुहुन्छ । केहि वर्ष यता उहाँको ढाड दुख्ने समस्या शुरु भएर खुट्टातिर फैलन थाल्यो । यो समस्याको समाधानकालागि उहाँले शिलिगुडिका धेरै चिकित्सकहरुसँग परामर्श गर्नुभयो तर समस्या ज्यूका त्यू रह्यो ।

केहि नलागेपछि उहाँले आफ्नो परामर्श तथा उपचारकालागि विर्तामोड रोज्नुभयो । विर्तामोड स्थित जिवनरक्षा पोलिक्लिनिकमा पुगेर प्रा.डा. गौरवराज ढकालसँग परामर्श गर्नुभयो ।

विस्तृत परिक्षण पश्चात उहाँलाई तत्काल शल्यक्रिया गर्नु नपर्ने र औषधि तथा फिजियो थेरापिको माध्यमवाट उपचार सम्भव रहेको निष्कर्ष प्रा.डा. ढकालले निकाल्नुभयो र सोहि अनुरुप उपचार शुरु गर्नुभयो ।

हाल उहाँको दुखाई निकै कम भएको र सामान्य जिवशैलीमा र दैनिक कामकाजमा सक्रिय रहनुभएको उहाँले सफल नेपालसँगको कुराकानीमा बताउनुभएको छ ।

स्मरणीय छ नेपालका ख्यातिप्राप्त स्पाइन सर्जन डा. गौरव राज ढकाल हरेक महिना आफ्नो जन्मथलो झापाका स्थानीय विरामीको सेवामा झापा जाने गर्नुभएको छ ।


ताजा खबर