राेमाञ्चक म्युजिक भिडियाे ‘तिम्राे फाेटाे हेरी’ सार्वजनिक

गीत संगीत तथा म्युजिक भिडियाे गीतकारले आफ्नै वा अरू कसैका भावनाहरूलाई मुर्त रूपमा अभिव्यक्त गर्ने सबै भन्दा सशक्त माध्यमका रूपमा रहिआएकाे छ ।

हाँसाे आँसु, खुशी दुःख, माया घृणा, प्रेम धाेखा, जिनदगीका आराेह अवराेह सबै भाेगाई एवं घटनाक्रमकाे शाब्दिक वर्णनलाई अझ स्पष्ट र जिवन्त बनाउन संगीत र त्यसपछि म्युजिक भिडियाे प्रभावकारी देखिएका छन् ।

यहि मेसाेमा उदयिमान गायक सुमन के सी र सुमधुर स्वरकि धनी गायिका मेलिना राईकाे स्वर तथा मेलेडिमेकर सराेज पाेखरेलकाे संगीत रहेकाे “तिम्राे फाेटाे हेरी” बाेलकाे अत्यन्त प्रेमील राेमाञ्चक गीतकाे म्युजिक भिडियाे रिलिज गरिएकाे छ । उक्त गीतकाे संयाेजन गायक सुमन के सी स्वयंमले गरेका छन् भने शब्द गाैतम डंगाेल सन्देशकाे रहेकाे छ ।

बरिष्ठ गितारिस्ट तथा संगीतकार सञ्जीव बराईलीकाे गीतारवादन रहेकाे यस गीतकाे म्युजिक भिडियाे समिश्रण मुभिज एण्ड ईन्टरटेन्मेन्टले आफ्नाे युट्युव च्यानल मार्फत बजारमा ल्याएकाे छ ।

यस गीतकाे म्युजिक भिडियाेकाे छायांकन दिनेश पराजुली, मेकअप सुश्मा परियार, ईडिट राेकेश दहाल, क्रिएटिभ डाईरेक्सन सन्ताेष पाेखरेल आदित्य तथा निर्देशन अन्जन शर्माले गरेका हुन् । किरण महर्जन सिंहकाे निर्माण रहेकाे उक्त म्युजिक भिडियाेमा कमल सिंह र आकांक्षा आचार्यकाे रोमान्टिक जाेडिको गहिराे प्रेम महशुस गर्न सकिन्छ ।

काठमाण्डाैकाे पुर्वी क्षेत्र ईन्द्रायणी, साँखु, शंखरापुर, जर्सिङपाैवा, लप्सिफेदि लगायतका रमणिय ठाउँहरूमा छायांकन गरिएकाे  म्युजिक भिडियाेमा प्रकृतिकाे स्वर्गमा परिहरूकाे प्रेमकथा जस्तै कमल र आकांक्षाकाे जिवन्त अभिनय देख्न सकिन्छ ।

गीतले विशेषत प्रेममा डुबेका प्रेमी प्रेमीकाकाे मनाेभावलाई अभिव्यक्त गरेकाे र याे गीत विशेष त युवा युवतिहरूले मनदिनेछन् भन्ने आशामा छन् गितकार गाैतम डंगाेल सन्देश ।

भिडियोः


ताजा खबर