सुन प्रकरणमा पक्राउ ६ जनालाई हिरासतमा राख्न अनुमति

त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई १० दिन हिरासत राखेर अनुसन्धान गर्न समय दिइएको छ।

उच्च अदालत पाटनले उनीहरूलाई बिहीबार पहिलोपटक अनुसन्धानका लागि १० दिन हिरासत राख्ने अनुमति दिएको हो।

उक्त प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गर्न समय दिइएको हो।

पक्राउ परेकाहरूलाई राजश्व अनुसन्धान विभागमा राखिएको छ।

राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको हो।

बुधबार दिउँसो विमानस्थल परिसरबाट ट्याक्सीमा बाहिर लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो।


ताजा खबर