प्रोजेक्ट ‘आमा-बा रेष्टुराँ’ : कर्ण शाक्य

के तपाई नयाँ ब्यापार गर्न चाहनु हुन्छ ? 
ल बुढ़ाबुढीहरूको लागी “हजुर आमाबुवा रेष्टुराँ” नामक रेष्टुराँको एउटा आइडिया फुर्यो।Image may contain: 6 people, people smiling

प्रोजेक्टको नाम :- ‘आमा-बा रेष्टुराँ

उदेस्य: 
‘हजुर बुवा’ को यो रेष्टुराँ उद्योग ब्यापार मात्र हैन समाजसेवा पनी हो।सही मानेमा यो enterprise सामााजिक उद्यमशिलता याने Social entrepreneurship को एउटा उदाहरण हो। यो रेष्टुराँ बाट घेरै पैसा कमाउन न सकिेला तर धाटामा भने अबस्य जाँदैन।

संभाब्यता : 
आज र भोलीका बुढाबुढीहरू संगै बसेर रमाइलो गर्न चाहन्छ।उनीहरू संग पैसा छ। समय छ। बस ठाँउ चाहियो। बुढाबुढीको आफैले कमाएको र छोराछोरीले दिएको पैसा छ।अ्ब सहरहरूमा बुढाबुढी जाने रेष्टुराँको सम्भावना र आबस्यकता भैसकेको छ।

बिचारको बिजारोपण : 
एकदीन म र मेरा सहकर्मी साथीद्वय कुमार उपाध्याय र क्रिष्ण बगादुर श्रेष्ठ पाटन धुम्न गए। पाटन दर्बार स्क्यायरको फलेचामा बुढाहरू मुसुमुसु हाँसेर कुरा गरीरहेको देखेर लोभ जाग्यो।गाउंघरमा चौटारीमा बाघचाल खेलीरहेको दृष्यले मेरो मन संधै लोभ्याउंछ। म संधै ‘उहिलेका पालाका कुरा गर्न ‘ समकक्षी पढेलेखेका बुढापाका साथीहरू खोजीरहन्छु।

भोक लागे पछी एउटा रैथाने नेवारी रेष्टुराँमा खान गएं। खाना असाघ्य मीठो तर ठाँउ सानो थियो र सफा थिएन।मलाई लाग्यो त्यो रेष्टुराँ अली ठुले, राम्रो र सफाभएको भए हामी र हामी जस्ता पैसावाल बुढापाकाहरू संधै आउंथे।

किन चाहियो बुढाबुढीको लागी रेष्टुराँ : 
1. घरको बुढी संग कती खीच्चकीच्च गरीरहने, छोराछोरी धर आउना साथ बाहीर जान घडी हेरीरहन्छ, नातीनातीनाहरू लाई बुढापाकाको वास्ता छैन।म के गरीरहने!!! म जस्ता अली अली खल्ती भरेका सक्रिय बुढापाखा लाई पनी त चाहियो नी कमसेकम सााँझपख कहीं रमाइलो गर्ने ठाँउ ? मलाई बिस्वीस छ म जस्ता बुढापाखाहरू रमाईलो, सान्दरभिक ठाँउ पायो भने अबस्य जान्छ।
2. आाजका बौद्धीक बुढापाखाबरू हिजोका सरल र सोझो बुढापाखाहरू जस्तो घरको भित्ता हेरेर तमाखु खाएर बसीरहंदैन। न त नाती नातीनाहरूको नोकर भएर नै बस्छन। कुनैपनी सक्रिय बुढापाखाहरू घर भित्र बन्धक भएर बसीरहनु सक्तैन। कमसेकम हप्ताको एक दुई चोटी कहीं बाहीर गएर रमाउन चाहन्छ। बच्चाहरू पढ्न जान्छ, खेल्न जान्छ, आमाबाबु काम गर्न जान्छ, बुढापाखा के गर्ने ? चाहिएन साथीहरू संग कुरा गरेर रमाउने ठाँउ ?

कहाँ र कसरी खोल्ने ?
1. यो रेष्टुराँ सामााजिक उद्यमशिलताको एउटा नमुना भएको हुंदा सर्कार वा मेयरहरूले सक्दो सहयोग गर्नु पर्छ किनकी Senior citizen को सुबिधा र सहुलियत हेर्नु राज्यको जिम्मेवारी हो।
2. यो रेष्टुराँ महंगो हुनु हुंदैन। त्यसैले धेरै बहाल तिरेर, धेरै पैसा खर्च गरेर यो रेष्टुराँ बनाउन सक्तैन र साध्य हुंदैन।
3. यो रेष्टुराँको लागी काष्ठमण्डप,सपना बगैचा, नन्दकिशोर बहाल जस्ता सम्पदा स्थल या त्रिपुरेश्वरको UN Park जस्ता साँस्क्रितीक प्राक्रितिक स्थलहरूहकू हुनु पर्छ। सर्कार संग Long term Lease मा लिएर यो रेष्टुराँ खोल्न सकिन्छ। र सर्कारले खोल्न दिनु पर्छ।
4. यो रेष्टुराँमा सर्कारले Income Tax Sales Tax न लीने।
5. रेष्टुराँले service charge नलिने।

खोल्ने तरिका :- 
1. परंपरागत शैली,झरझराउदो कलाक्रिती र साँस्करितिक वातावरण झल्केको हुनु पर्छ।
2. रेष्टुराँ भित्र टेलिया ईट, ठाँउ ठाँउमा सुकुल।भित्तामा पुराना पुराना nostalgic Black & White तस्बिरहरू। भित्ता संगै लामो काठको बेन्च, बेन्चमा चक्ती बिछ्याउने, काठकै टेवल ;
3. रेष्टुराँमा एउटा A/C room पनी राख्ने।
4. रेष्टुराँमा सानो चोक भए गज्जब हुन्छ। चोकको बिचमा डबली, डबलीमा समय समयमा उहिलेका पालाका कथा बाचन कार्यक्रम।
5. “बुढाबुढी रेष्टुराँ “ मा पुरानो परानो नेपाली गीत जस्तै ‘झम झम पानी पर्यो’ हिन्दी जस्तै ‘आ जा सनम मधुर चाँदनीमे हम’ …. अंग्रेजी जस्तै बिटलको गीत बजाईरहने।
6. रेष्टुराँमा चेस, क्यारम र टेबल टेनिस राख्ने।
7. शुक्रबार लाईभ भजन मंडणली अनी महीनाको एकचोटी सत्य मोहन, भैरब रिजालहरूका उहिले उहिलेका कुरा।

“बुढाबुढी रेष्टुराँमा के खाना पसक्ने ?
1. बिहान बुढापाखाबरू लाई मन पर्ने सुद्ध ध्युको स्वारी, जेरी, माल्प्वा, हलुवा, सेल, आलु तर्कारी, चप,
2. दिउसो र राती नेवारी,थकाली, राणा, क्षेत्री समुदायका लोकप्रीय रैथाने खानाका परिकारहरू ।
3. आधुनिक बुढाबुढीको लागी मन पर्ने Indian, Chinese,Continental food.
4. तर अरू रेष्टुराँमा जस्तो धेरै मिनुको परिकार नराख्ने।

ग्राहकको लक्ष समूह:- 
1. बौद्धीक पैसावाल बुढाबुढी
2. आमाबाबु लाई रेष्टुराँमा ल्याएर ख्वाउन ल्याउने चोराछोरी।
3. नेपाली जिवनशैली हेर्न चाहने बिदेशीहरू।

Image may contain: 4 people, people smiling, sunglasses

Why we need Senior citizen Restaurant :-
As people grow older, sometimes they lose friends. Whether their friends and them grow apart, of their friends grow old and pass away, some seniors find themselves becoming very lonely. Loneliness is harmful for seniors. If your elderly loved one does not seem to have many friends and does not know what to do about it, then we can help them by suggesting a\this restaurant where seniors can go in order to meet new people and make great friends.
Senior restaurant offer opportunities for seniors to meet people.

सामाजिक अभियन्ता तथा सफल ब्यबसायी कर्ण शाक्यको फेसबुक पगे बाट सधन्यबाद साभार गरिएको …


ताजा खबर