आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति

 आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।

मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आज (आइतबार) देखि दुवै स्थानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्दै छ ।
यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

यससँगै भौतिक रूपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।
सुर्खेत र धनगढीबाट पनि प्राविधिक तथा भौतिक तयारीपछि छिट्टै यो सेवा सुरु गर्ने सरकारको तयारी छ ।


ताजा खबर