सबै टेलिभिजनकर्मीलाई WORLD TELEVISION DAY को शुभकामना : सुरेश पौडेल

मैले टेलिभिजन किन आविष्कार गरे ? भन्ने आफ्नो पुस्तकमा जोन बेर्डले लेखेका छन – युरोपका विभिन्न मुलूकमा शताब्दियौदेखि दास राख्ने चलन थियो र दासहरुलाई आफ्नै बारेमा सोच्ने अधिकार पनि थिएन । मालिकका सोचअनुसार नै उनीहरु चल्नु पथ्र्यो । १९औं शताब्दिको उत्तरार्धतिर आईपुग्दा तिनै दासहरुमा पनि चेतना पलाउन थाल्यो र दास राख्ने मुलूक फ्राँन्सका लागि यो चिन्ताको विषय बन्यो ।

पछि दासत्व विरुद्ध आन्दोलन भयो जुन प्रायः यूरोपभर फैलियो । तर दासहरु स्वतन्त्र भए पनि यस्तो कुराको लतमा फँसून कि आफ्ना लागि केही सोच्न नसकून वा कसरी दासहरुलाई उनीहरु स्वंयका बारेमा सोच्नबाट रोक्न सकिन्छ भन्ने चिन्ता फ्राँन्सका शासकहरुमा थियो र यसका लागि मलाई एउटा यस्तो मेशिन बनाउन भनियो जसमा मानिस झुम्मिइरहून, अरु कुरा नसोचून । अनि मैले परमाणु उत्सर्जन (एमिशन आफ इलेक्ट्रोन) को सिद्धान्तमा आधारित रहि टेलिभिजन आविष्कार गरेँ जसलाई त्यतिबेला टेलिभिजोर भनियो।

आफूले गरेको त्यहि आविष्कारको केही परिष्कृत रुप हेरिसके पछि उनले जीवनको उत्तरार्धमा फेरि लेखेका थिए – मलाई डर छ कुनै दिन यो मेसिनले सबलाई पागल न बनाई देओस् ।

उनी थिए जाँन लेगिस बेयर्ड अर्थात जे. एल. बेयर्ड जसले सन १९२६ मा दासहरुलाई व्यस्त राख्ने `डब्बा´ आविष्कार गरेका थिए । विद्युतलाई प्रकाशमा परिणत गर्न सफल हेनरी बेक्वीरल तथा क्याथोड रे ट्यूबका आविष्कारक फर्डिनाण्ड ब्राउन लगायत अन्य कयौं वैज्ञानिकहरुको वर्षौको अनुसन्धानलाई उपयोग गर्दै बेयर्डले टेलिभिजन बनाएका थिए ।

वास्तवमै दासलाई व्यस्त राख्न बनाईएको त्यहि `डब्बा´ले आज हामी सबैलाई दिनको केहि समय भए पनि भुलाउने गरेको छ… र यहि `डब्बा´को जागीरमा २३ वर्ष बितिसक्दा पनि अझ धेरै गर्नुछ भन्ने लागिरहन्छ । यसअघि करीब ७ वर्ष नेपाल टेलिभिजन र १० वर्ष कान्तिपुर टेलिभिजनको कार्यानुभव उल्लेखनीय रह्यो । सिक्नुपर्ने र थाहा पाउनु पर्ने धेरै कुराबाट परिचित त भइयो नै, त्यसबाहेक पनि AP1आएपछि विगतमा गर्न नपाएका काम गरेर देखाईयोजस्तो लाग्छ । सबभन्दा ठूलो कुरो अझै धेरै सिक्नु छ जस्तो लागिरहन्छ ।

टेलिभिजनकर्मी साथीहरुलाई WORLD TELEVISION DAY को शुभकामना ।

लेखक पौडेल एपि वान का कार्यकारी निर्माता हुन् ।


ताजा खबर