तपाईंको नाकले के भन्छ ?

मनौवैज्ञानिक दृष्टिकोणबाट अझै बढी चाखलाग्दो र परिज्ञान प्राप्त गर्न फिजिओनोमिस्ट (अनुहार पढ्ने)ले नाकको आकार अध्ययन गरी मानिसको स्वभाव र व्यक्तित्व बुझ्ने प्रयास गरिरहेका छन् । फिजिओनोमिस्ट व्यक्तिको नाकको आकार प्रकारले उसको व्यक्तित्व बयान गर्ने दाबी मात्र गरेका छैनन् स्वास्थ्य र आयुको निश्चित अवधि कसरी बित्ने छ भन्ने पनि विश्लेषण गरेका छन् । 

वास्तवमा अनुहारको अध्ययन गर्ने कला आज विकसित भएको होइन, तीन हजार वर्ष पहिले नै मानिसले अनुहारको अध्ययन गर्दथे। फिजिओनोमिस्ट जान हानरका अनुसार अनुहारको अध्ययन गर्दा खुला किताबसरह मानिसको व्यक्तित्वका विशेषता पढ्न सकिन्छ।   

हेरौँ तपाईंको नाकको आकारले तपाईंको व्यक्तित्वका बारेमा के भन्छ :

 

blog

रोमन नोज

यदि तपाईंको नाकको आकार रोमन खालको छ भने तपाईंको व्यक्तित्व ओजपूर्ण छ। तपाईंले चुनौतीमा पनि मजा लिनुहुन्छ। तपाईं ठूलो नेता बन्ने सम्भावना प्रबल हुन्छ। कुनै पनि काम गर्दा वा आफ्नो लक्ष्योन्मुख रहँदा तपाईंको जाँगरमा कमी आउँदैन। तपार्इं हठी मानिस हो। तपाईंको रणनीतिक दिमाग काम विशेषलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सक्षम हुन्छ, कुनै पनि समस्यामा दुवै पक्षलाई राम्रोसँग मूल्याङ्कन गर्न सक्छ । यस्तो नाक भएका मानिसले वयस्कावस्थासम्म पुग्दा प्रायः धेरै समृद्धि हासिल गरिसक्छन् । तपार्इं त्यस्तो मानिस होइन जो निर्णय गर्न हतार गर्छन्।

यस्तो नाक भएका मानिस कठिन परिस्थितिमा समेत धैर्य नगुमाउने र कुनै पनि कुरामा गम्भीर चिन्तन गरेर विवेकसम्मत कदम चाल्ने हुन्छन्। भीडको पछाडि नलागेर आफ्नो जीवन आफूले चाहेअनुसार जिउने बानी हुन्छ र आफ्ना शब्दले अरूलाई प्रभावित गर्ने क्षमता रहन्छ।

नियुबियन नोज 

यदि तपाईंको नाक यस वर्गमा पर्छ र नाकको आधार धेरै फराकिलो छ भने तपाईं भीडमा उभिने खालको हुनुहुन्छ। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नाक यसै खालको छ। तपाईं निकै खुला मिजास भएको, अद्भूत हुनुहुन्छ तथा समस्या समाधान गर्न सधैँ नवीन उपाय खोजिरहनुहुन्छ। तपाईंमा एक आकर्षक र चामत्कारिक व्यक्तित्व समाविष्ट छ । तपार्इंमा हृदयस्पर्शी भावबोध गराउने तथा आफ्ना विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता हुन्छ ।

एक बहुमुखी चिन्तक तथा सुशिक्षित व्यक्ति हुनुहुन्छ तपाईं। व्यावहारिक जीवन र अनुभवबाट तपाईंमा ज्ञान हासिल गर्ने प्रवृत्ति हुन्छ। तपाईं एक सक्रिय सामाजिक व्यक्ति पनि बन्नुहुन्छ र यसले तपाईंलाई एक आम व्यक्ति पनि बनाउँछ।

क्रुक्ड नोज

यदि तपाईंको नाक यस खालको छ भने तपाईंलाई जानकारी पाउँदा अचम्म लाग्दा तपाईंको व्यक्तित्व क्रुकड अर्थात् कुटिल शब्दको ठीकविपरीत हुन्छ। तपाईं निकै सादगी र स्पष्ट मिजास भएको मानिस हुनुहुन्छ। तपाईंको नाकले बेग्लै कथा भन्ला तर तपाईं यस्तो मानिस हुनुहुन्छ जसको व्यक्तित्व ओजपूर्ण र सदासयताले परिपूर्ण छ । तपाईं एक पर्यवेक्षक र असल श्रोता हुुनुहुन्छ । मानिसको समूहमा तपाईं तुरुन्त विषयवस्तु बुझ्ने मानिस हो ।

तपाईंमा जीवनमूल्य र सदगुणको खानी हुन्छ, जसले तपाईंलाई महान् सहयोगी, मित्र, जीवनसाथी र अभिभावक बनाउँछ। तपाईंले धैर्य राखेर कुरा सुन्नुहुन्छ र निष्कर्षमा पुग्नुभन्दा पहिले नै प्रतिक्रिया देखाउनुहुन्छ। सार्वजनिक भेलामा तपाईं हठी वा जिद्धी मानिस जस्तो लाग्नुहोला तर त्यो त आवरण मात्र हो। वास्तवमा यस्तो नाक भएका धेरैजसो मानिस आफ्नो यही विशेषता भएका कारण सेलिब्रेटी बनेका छन् ।

फ्लेसी नोज

यदि तपाईंको नाक यस स्वरूपको छ भने तपार्इं तेज दिमाग, चतुर, बुद्धिमान र सावधानी अपनाउने मानिस हुनुहुन्छ। उदार, दयालु, संवेदनशील र भावुक मानिसको गुण समेत तपाईंमा छ तर कसैले पनि तपाईंमा भएका यी खुबी तब मात्र थाहा पाउँछन् जब उनीहरू तपाईंसँग व्यक्तिगत रूपमा परिचित हुन्छन् । यस्तो नाक भएका मानिस तेज दिमाग भएका तथा आफूले सोचेको कुरा चाँडै गर्ने खालका हुन्छन् । परेका बेला तपाईं आक्रामक रूपमा काम गर्नुहुन्छ ।

आम दृष्टिमा तपाईं अत्यन्त आक्रामक देखिनुहुन्छ तर वास्तवमा तपाईं सहृदयी र सहानुभूति राख्ने मानिस हुनुहुन्छ। तपाईंको चिप्ला कुरा गर्ने प्रवृत्ति हुँदैन।

बटन नोज

यदि तपाईंको नाक यस्तो खालको छ भने तपाईंको नाक सुन्दर मात्र होइन तपाईंको व्यक्तित्व समेत आकर्षक हुन्छ। तपाईं दृढ इच्छाशक्ति भएको, प्रतिबद्ध र स्वाभाविक मानिस हुनुहुन्छ। आफ्नो जीवनप्रति तपाईं आशावादी त हुनुहुन्छ नै चुपचाप बस्ने प्रवृत्ति नभएका कारण अनेक कार्यमा सक्रिय पनि देखिनुहुन्छ । गम्भीर चिन्तन र योजना बनाएर मात्र तपाईं आफ्नो समय खर्च गर्ने र समयबद्ध काम गर्नुहुन्छ। सबैका कुरा सुने पनि तपाईंमा आफ्नो अन्तर आत्माले जे भन्छ त्यही गर्ने बानी हुन्छ।

हक नोज

तपाईंको हक नोज छ भने महìवाकाङ्क्षा, स्वतन्त्रता र नेतृत्वप्रति स्वस्थ भावना राख्नु राम्रो हुन्छ। तपाईंमा व्यापारका बारेमा सहज र स्वाभाविक ज्ञान हुन्छ। अवसर प्राप्त गर्नमा तपाईं पछाडि पर्नुहुन्न। तपाईंमा आध्यात्मिक झुकावसमेत हुन्छ। सफलता पाउनका लागि आफ्नो बाटो निर्माण गर्नमा यस्तो नाक भएका मानिस धेरै नै प्रभावशाली र सफल हुन्छन्। उच्च आत्मविश्वास त हुन्छ नै परेका बेला हठी बन्नुहुन्छ। महिला होस वा पुरुष यस्तो नाक भएका मानिस आफ्नो करियरमा आर्थिक स्वतन्त्रता प्राप्तिमा निरन्तर लागिरहेका हुन्छन्। जोखिम लिन नडराउने, निडर भएर आफ्ना विचार राख्ने र आवश्यक परेका बेला त्यसमा अडिग रहेर बस्ने बानी हुन्छ । यस्तो नाक भएका महिला पढाइ र व्यापारमा अब्बल हुन्छन्।

स्मल नोज

सानो नाक र नाकको टुप्पो माथितिर उठेको र प्वाल अलि देखिने भएका मानिस सामाजिक सद्भावमा लागेका हुन्छन्। समूहमा काम गर्ने र सबैसँग मिल्न सक्ने भएकाले यस्तो मानिसलाई समूहमा खासै समस्या आउँदैन। प्रायः यस्ता मानिस मायालु, प्रसन्नचित्त र स्नेही हुन्छन्। यिनमा सहयोगी भावना धेरै हुन्छ र लक्ष्य प्राप्त गर्न आफ्नो सिर्जनशीलता प्रयोग गर्छन्, साथै योजना बनाउनमा सिपालु पनि हुन्छन्।

यस्तो नाक भएका मानिस अलि लापरवाह हुन्छन् तथा कुनै कालखण्डमा आफ्नो बाटो बिराउने गर्छन्। लापरवाह बानीका कारण तपाईंमा परिपक्वताको कमी जस्तो देखिन्छ, अर्को शब्दमा भन्नुपर्दा केटाकेटीपना देखिन्छ। साथै अस्थिर परिस्थितिमा अधैर्य र निराशा देखाउने बानी हुन्छ।

स्ट्रेट नोज (ग्रिक)

यदि तपाईंको नाक यस वर्गमा पर्दछ भने तपाईंमा उच्च स्तरको वैयक्तिक आकर्षण हुन्छ तथा स्पष्ट विचार, सहिष्णुता, धैर्य, करुणा, सादगी र विश्वसनीयताले तपाईंलाई लोकप्रिय बनाउँछ। तपाईं एक दृढनिश्चयी, व्यावहारिक र दूरदर्शी व्यक्ति हुनुहुन्छ। तपाईं उदार हुनुहुन्छ र आफ्ना प्रियजनलाई साथमा राख्न आफ्ना सबै कुरा त्याग्न तयार रहनुहुन्छ। एक रोचक कुरा तपाईंका बारेमा के हुन्छ भने तपाईं आफ्नो प्रतिबद्धता गुपचुप राख्न सक्नुहुन्छ। सबैको गोपनीयता तपाईंले मरुन्जेलसम्म खोल्नुहुन्न। कसैले तपाईंलाई आफ्नो गोप्य कुरा साझा गरेमा तपाईंले विश्वासघात कहिल्यै गर्नुहुन्न।

तपाई हेर्दा राम्रो देखिनुहुन्छ। अन्य मानिसप्रति भरोसा हत्तपत्त नगर्ने वा आफ्नो निजी कुरामा हस्तक्षेप मन नपराउने बानी तपाईंको हुन्छ। तपाईंको नम्र र मित्रवत् बोलीचाली छ तर कसैलाई पनि तपाईंको विश्वास जित्न समय लाग्छ। तपाईं सौन्दर्य र कलाको विशेषज्ञ हुने सम्भावना हुन्छ। यस्तो नाक भएका महिला र पुरुषले मिडियो, पर्सनल असिस्टेन्ट, मोडलिङ वा कलाकारी क्षेत्रमा काम पाउने सम्भावना उच्च रहन्छ।

बिग नोज

ठूलो तथा टुप्पो गोलो र ठूला प्वाल भएको नाक जसको हुन्छ ऊ आफ्नै स्वभावको हुन्छ र कसै अरूका लागि काम गर्न चाहन्न। अरूले आदेश दिएको तपाईंलाई मन पर्दैन। मानिसको समूहमा तपाईं केन्द्रबिन्दुमा पर्नुहुन्छ। कैयौँ अध्ययनले देखाएको छ, ठूलो नाक भएका मानिस शक्ति, नेतृत्व, अहङ्कार र स्वतन्त्रताको बोधसँग सम्बन्धित हुन्छन्। तपाईंमा साना साना कुराको आशक्ति हुँदैन। तपार्इंले जीवन पूर्णतया आफूले चाहेअनुसार जिउनु हुन्छ र त्यही गर्नुहुन्छ जो अन्तर आत्माले भन्छ। आफ्नो बाटो आफैँ तयार पार्ने र अरूमा भर नपर्ने मानिस हुनुहुन्छ तपाईं।

नेतृत्व लिनका लागि नै तपाईंको जन्म भएको मानिन्छ र जुनसुकै काममा पनि पूर्णतावादी हुने लक्ष्य तपाईंको हुन्छ। कामको गुणस्तरमा धेरै ध्यान दिने बानीले गर्दा तपाईंले गरेका काम शानदार हुन्छन्। निकै मानिसका बीच एक दयालु र शिष्टाचारमा ध्यान दिने व्यक्तिका रूपमा समेत तपाईंको परिचय बनेको हुन्छ। तपाईंले पैसा समेत राम्रै कमाउनुहुन्छ। शाही जीवन जिउने रहर भए पनि कुनै पनि कुरामा विचार नगरी खर्च नगर्ने बानी हुन्छ।


ताजा खबर