एमाले स्थायी कमिटी बैठकद्वारा तीन वटा प्रतिवेदन पारित

नेकपा एमाले स्थायी कमिटीको बैठकले विधान अधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदन पारित गरेको छ । 

ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा हिजोदेखि सुरु भएर आज सकिएको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन पारित गरेको पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो । 

बैठकमा तीन वटै प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले लिखित र मौखिक सुझाव दिनुभएको थियो ।

स्थायी कमिटी बैठकबाट पारित प्रतिवेदनहरूमाथि थप छलफलका लागि यही असोज ८ र ९ गते पार्टीको केन्द्रिय कमिटी बैठक बोलाइएको पनि प्रवक्ता भट्टराईले बताउनुभयो । 

एमालेको विधान अधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुने नेकपा एमालेले जनाएको छ । –रासस


ताजा खबर