आज थप ९०२ मा कोरोना पुष्टि : थप सातको मृत्यु

उपत्यकामा आज नौ सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा छ सय ९७ जना, ललितपुरमा एक सय १२ जना र भक्तपुरमा ९३ जना गरी आज उपत्यकामा थप जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर पाँच सय ८२ जना महिला र नौ सय ७७ पुरुष गरी एक हजार पाँच सय ५९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७७ हजार आठ सय १७ पुगेको छ ।

त्यस्तै आज देशभर आज एक हजार ५७ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ५६ हजार चार सय २८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दुई जना महिला र पाँच जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ३४ र ८६ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ६० बर्षीय पुरुष, मोरङका ६० बर्षीय पुरुष, सप्तरीका ३९ बर्षीय पुरुष, काठमाडौँका ५४ बर्षीय पुरुष, र रुपन्देहीका ८२ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर