इरान जाने फुटसल टोलीको बिदाइः एफसी च्याम्पियनसीपका लागि १४ खेलाडी र ६ जना अफिसियल इरान जाने

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली राष्ट्रिय फुटसल टोली ३ कात्तिकमा इरान जाने भएको छ।

इरान जाने १४ खेलाडी र ६ अफिसियलसहित २० सदस्यीय नेपाली फुटसल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ लगायतले बिदाई गरेका छन्।

छनोट २३-२५ अक्टुबरमा इरानमा आयोजना हुनेछ।

छनोट अन्तर्गत नेपाल सेन्टर र साउथ जोनको समूह ए मा रहेको छ। नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन्।

समूह बी मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्। नेपालले पहिलो खेल २३ अक्टुबरमा ताजकिस्तानसँग खेल्नेछ। त्यस्तै दोस्रो खेल २४ अक्टुबरमा उज्बेकिस्तानसँग र तेस्रो खेल २५ अक्टुबरमा अफगानिस्तानसँग खेल्नेछ।

नेपाली फुटसल टोलीको नामावली

१. अनिस श्रेष्ठ      २. सुमित आले     ३. सञ्जोग चाम्लिङ राई

४. सरोज तामाङ  ५. आदिल हमिद  ६. अभय राणा

७. अरुज सिंह     ८. बिजय श्रेष्ठ       ९. बिजय गुरुङ

१०. सुरज गुरुङ  ११. बिनोद गुरुङ   १२. आशिस लामा

१३. मनि लामा    १४. निर्मल गुरुङ

मूख्य प्रशिक्षक : विष्णु गुरुङ प्रशिक्षक : गौरव बस्नेत


ताजा खबर