आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, बिहान ६ :०० बजे सुरु हुनेछ ।

उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो ।

प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ । पहिलो दिन दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी) बीच हुनेछ । पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो ।

वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०:१५ बजे सुरु हुनेछ । खेल गुयनामा खेलिने छ । विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । रासस


ताजा खबर