‘इनफ इज इनफ’ अभियन्ताले अनसन तोडे

काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोड्नुभएको छ ।

अभियन्ताले २३ औं दिनमा अनसन तोड्नुभएको हो । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आज आमरण अनसन तोड्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्ता ईः लाई पानी पिलाएर अनसन तोडाउनुभएको हो ।

आन्दोलनरत ईः र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ ।


ताजा खबर