सन् २०३२ को ओलम्पिक आयोजना गर्न कतारको आवेदन

कतारले सन् २०३२ मा आयोजना हुने ओलम्पिक र प्याराओलम्पिक प्रतियोगिता आयोजना गर्न औपचारिक आवदेन पेश गरेको कतार ओलम्पिक कमिटीले जनाएको छ।

कतार छनौट भएमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्ने पहिलो मध्यपूर्वी राष्ट्र बन्नेछ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी- आईओसीसमक्ष अष्ट्रेलिया, भारत, इन्डोनेशिया र जर्मनीले पनि प्रतियोगिता आयोजना गर्न इच्छा व्यक्त गरेका छन्।

यसअघि सन् २०१६ र सन् २०२० मा पनि ओलम्पिक प्रतियोगिता आयोजना गर्नका कतारले प्रक्रिया अगाडि बढाएको भएपनि छनौटमा पर्न सकेको थिएन। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता भने कतारमा नै आयोजना हुँदैछ।


ताजा खबर