इन्भेष्टमेन्ट बैंकको दुई अर्ब इटालीबाट फिर्ता

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट ब्यांक जमानत बापतको कुल रु.२ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ।

इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही ९ जून २०२० मा यसअघि प्रारम्भिक सुनुवाइमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट यो रकम प्राप्त भएको हो।

अन्तर्राष्ट्रिय अदालतमा सुनवाइको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिइएपछि बैंक जमानत बापतको रकम ब्यांकले प्राप्त गरेको हो।


ताजा खबर